Janakpurdham
Wed, Aug 05, 2026
`

कांग्रेसले काम गर्छ,अरुले गफ गर्छन् र नयाँ दलहरु हराएर जान्छन् : डा.प्रकाश शरण महत

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

नुवाकोट, फागुन १० : नेपाली कांग्रेसतर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा।प्रकाश शरण महतले आफू काम गर्ने व्यक्ति भएको भन्दै विजयी गराउन आग्रह गरेका छन्।

दुप्तेश्वर गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले आफू उर्जा र अर्थमन्त्री रहँदा जिल्लाको विकासका लागि उल्लेख्य बजेट भित्र्याएकाले आफूलाई विजयी गराउन आग्रह गरे।‘गोल्फू भन्ज्याङ, ओडारे क्षेत्रको बाटो मेरै पालामा बनेको हो। त्यसबाहेक स्कूल, स्वास्थ्य चौकी, खानेपानी साथै विजुली नबलेको ठाउँमा मेरै पालामा काम भएको हो। म काम गर्ने व्यक्ति हुँ, अरुले धेरै कुरा गरे काम गरेनन्। एक पटक डा।रामशरण महतलाई एमाले–माओवादी गठबन्धन गरेर काम गर्ने व्यक्तिलाई हराइयो। उहाँलाई हराएकाले विकासको काम बन्द भयो । पछि फेरि हामीले पनि गठबन्धन गरेर ठाउँ छाड्यौं। तर विकासको काम भएन,’ उनले भने,‘नयाँ दलले त के गर्नु, कुन दुलोबाट आउँछन् कता हराउँछन् थाहा छैन।’

पूर्वअर्थमन्त्री समेत रहेका उनले रोकिएका विकासका कामहरुले अब निरन्तरता दिने बताए। उनले जनताको आशा र भरोसालाई केन्द्रमा राखेर सहकार्य, सम्मान र जिम्मेवारीका साथ समुन्नत नुवाकोट निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

15 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

15 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले