Janakpurdham
Wed, Aug 05, 2026
`

एक दर्जन युवाहरु कांग्रेस प्रवेश

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

स्याङ्जा, फागुन ११ : स्याङ्जामा विभिन्न राजनैतिक दलसँग आबद्ध युवाहरु नेपाली कांग्रेस पार्टी प्रबेश गरेका छन्। स्याङ्जा सदरमुकामस्थित पुतलीबजार नगरपालिका–१३ लाम्पाटा, तोरिखोला लगाएतका क्षेत्रका एक दर्जन युवाहरु कांग्रेस प्रबेश गरेका हुन्।

कांग्रेस प्रबेश गरेका युवाहरुले सबै जोड्ने र सबै अट्ने कांग्रेस अन्य पार्टीको तुलनामा लोकतान्त्रिक पार्टी भएको र पार्टीले अंगिकार गरेको नीतिबाट प्रभावित भएको बताए। पछिल्लो समय देशमा बढ्दै गएको अनैतिक र अराजकताप्रति दुःख व्यक्त गर्दै उनीहरुले कांग्रेस सबै भन्दा जिम्मेवारी पार्टी भएका कारण आफूहरुले कांग्रेस रोजेको सुनाए।

कांग्रेस प्रबेश गरेका विशाल विक, सुनिल विक, अभिशेख विक, सुजन सुनार, समिर विक, सुमन सुनार, दिवस सुनार चदरा लगाएतका युवाहरुलाई कांग्रेस स्याङ्जाका सभापति राजु थापा र जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टीले सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए।

पार्टी प्रबेश गरेका युवाहरुलाई स्वागत गर्दै स्याङ्जा कांग्रेसका सभापति राजु थापाले लामो समयदेखि अधिकारी प्राप्तीमा समय बिताएको कांग्रेसले पछिल्लो समय आर्थिक विकासमा जोड दिएको जनाए। सभापति थापाले अबका दिनमा कांग्रेसले पढेका र सिप भएका युवाहरुलाई रोजगारी बनाउँदै आर्थिक अभावमा पठनपाठन बिहीन युवायुवतीलाई स्वरोजगार बनाउने बताए।

त्यस अवसरमा जिल्ला समन्वय समितिका सदस्य तथा जनजाति संघका नेता नेमबहादुर राना, नेपाली कांग्रेस स्याङ्जाका सह–सचिव धुर्वबन्धु पौडेल, अर्जुनचौपारी गाउँपालिका–५ का वडाध्यक्ष बद्रिप्रसाद पौडेल, नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ प्रदेश नंम्बर १ का सभापति धुर्वबिक्रम खाँण, कानून व्यवसायी हरिप्रसाद रेग्मीले कांग्रेस प्रवेश गरेका युवाहरुलाई स्वागत गरेका थिए।

साभार : काठमाडौं प्रेस

 

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

15 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

15 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले