Janakpurdham
Wed, Aug 05, 2026
`

काठमाडौं ५ लाई ‘मेडिकल हब’का रुपमा विकास गर्ने पौडेलको प्रतिबद्धता

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन ११ : नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले सहज, सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले सोमबार आफ्नो चुनावी प्रतिज्ञापत्रमार्फत सबैलाई स्वास्थ्य बीमामा आवद्धता सुनिश्चित गर्दै यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइने र सुविधाको दायरासमेत वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले नागरिकले बिरामी पर्दा ढुक्कसँग उपचार लिन पाउने वातावरण निर्माणका लागि आवश्यक नीति निर्माण तथा कार्यन्वयनमा उचित समन्वय गर्ने पनि बताएका छन्।

‘सबैका लागि स्वास्थ्य बीमामा आबद्धता सुनिश्चित गरि स्वास्थ्य प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै थप व्यवस्थित, सहज र सुलभ बनाइनेछ। स्वास्थ्य बीमाको पुनर्संरचना गरी यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइनेछ र सुविधाको दायरा वृद्धि गर्दै नागरिकले बिरामी पर्दा ढुक्कसँग उपचार लिन पाउने वातावरण निर्माणका लागि आवश्यक नीति निर्माण तथा कार्यन्वयनमा उचित समन्वय गरिनेछ,’ प्रतिज्ञापत्रमा लेखिएको छ।

पौडेलले क्षेत्र ५ लाई मेडिकल हबका रुपमा विकास गर्दै लैजान निजी अस्पतालहरूसँग समेत सघन सहकार्य गर्ने बताए।

क्षेत्रभित्रका त्रिवि शिक्षण अस्पताल, शहीद गगालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल तथा नेपाल प्रहरीजस्ता केन्द्रीय अस्पतालहरुको क्षमता थप विस्तार गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

‘यस क्षेत्रका त्रिवि। शिक्षण अस्पताल महाराजगञ्ज ९टिचिङ०, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल, नेपाल प्रहरी अस्पतालजस्ता केन्द्रीय अस्पतालहरूको स्वास्थ्य सेवा प्रवाहको क्षमता थप विस्तार गरिनेछ। क्षेत्र नं. ५ लाई मेडिकल हव को रूपमा विकास गर्दै लैजान निजी अस्पतालहरूसँग समेत सघन सहकार्य गरिने छ,’ प्रतिज्ञा पत्रमा भनिएको छ।

तीनै तहका सरकारका स्वास्थ्य संरचनासँग सहकार्य गर्दै निशुल्क स्वास्थ्य शिविर र स्वस्थ जीवनशैलीका लागि जनचेतना विस्तार कार्यलाई निरन्तरता दिइने,स्थानीय तहसँग सहकार्यमार्फत शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूको स्थापना तथा आवश्यक जनशक्ति, उपकरण र औषधिसहित थप सुदृढ बनाउने प्रतिज्ञापत्रमा उल्लेख छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

15 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

15 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले