फागुन १८ देखि २१ गतेसम्म कञ्चनपुर–भारत सीमा नाका बन्द हुने
5 महीना पहिले प्रकाशित
Esandhyakalin
कञ्चनपुर,फाल्गुन १२ गते । फागुन १८ राति देखि २१ गते राति १२ बजे सम्म नेपाल भारत सीमा जोडिएको कञ्चनपुर जिल्लाका सम्पूर्ण नाकाहरू बन्द हुने भएका छन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लाई स्वतन्त्र ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न फागुन १८ गते राति १२ बजेबाट नेपाल भारत सीमा जोडिएको कञ्चनपुर जिल्लाका सम्पूर्ण नाकाहरू बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी गर्दै फागुन २१ गते मतदान कार्य सम्पन्न नहुन्जेलसम्म एम्बुलेन्स ,ट्याङ्कर,दमकल,दूरसञ्चार सेवा ,शव वाहन,अस्पताल सेवा, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा ,नम्बर प्लेटमा सिडि उल्लेख भएको कूटनीतिक नियोगको सवारीसाधन र अनुमति पत्र प्राप्त सवारीसाधन बाहेक अन्य सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको समेत जनाएको छ ।

साभार : रेडियो नेपाल
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
18 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
18 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले