धनुषा–३ मा कांग्रेसलाई बल : जनमतका पूर्व केन्द्रीय नेता शम्भु साह कांग्रेसमा
5 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फाल्गुन १६ गते । सीके राउत नेरृत्वको जनमत पार्टीका तत्कालीन केन्द्रीय कार्यकारिणी सदस्य एवं विदेश विभाग प्रमुख शम्भु साह नेपाली कांग्रेस प्रवेश गरेका छन्।
शुक्रबार जनकपुरधामको मिल्स एरियास्थित निधि निवासमा आयोजित कार्यक्रममा कांग्रेस नेता एवं धनुषा ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार विमलेन्द्र निधिले उनलाई पार्टी प्रवेश गराएका हुन्।
कांग्रेस प्रवेश गरेका साहले २०७९ सालको निर्वाचनमा धनुषा-३ मा जनमत पार्टीबाट चुनाव लडेर ८ हजार बढी मत ल्याएका थिए।
साहले कांग्रेसले मात्रै मुलुकमा राजनीतिक स्थायित्व दिनसक्ने भएकाले पार्टी प्रवेश गरेको बताए। राजनीतिक घटनाक्रमहरूमा विभिन्न लहर चले पनि सत्यका अगाडि टिक्न नसक्ने उनको भनाइ छ।
‘कुनै बेला जनमत पार्टीको पनि लहर चलेको थियो, बिस्तारै हराएर गयो,’ उनले भने,’अहिले पनि विभिन्नखाले लहरको हल्ला चलेको छ, यो पनि हराएर जान्छ।’
निधिलाई निर्वाचित गराउन आफू आजैदेखि सक्रिय भएर लाग्ने भन्दै उनले सबैलाई यो अभियानमा जुट्न अनुरोध गरे।
साहलाई पार्टीमा स्वागत गर्दै नेता निधिले संघीयता, लोकतन्त्र, गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्न कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिए।
आफूले यसअघि पनि विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिइरहने बताए।
निधिले कांग्रेस प्रवेश गरेका साहसँग पार्टीमा कुनै विभेद नहुने प्रस्ट पारे।
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
15 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
15 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले