दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द
5 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, फागुन १६ : दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । हवाई क्षेत्र बन्द गरिएका कारण केही उडान रद्द वा ढिला हुने भएका छन्।
विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सम्पर्क गर्न र हालको समयमा दुवै विमानस्थलमा नजान सूचना जारी गरेको छ।
प्रशासनले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न गरिएको कदम हो।’
यसैबीच, काठमाडौंमा रहेको नेपाल नागरिक उड्डययन प्राधिकरणले मध्यपूर्वमा उत्पन्न हालको हवाई क्षेत्र प्रतिबन्धलाई नजिकबाट अवलोकन गरिरहेको जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग समन्वय गरिरहेको जनाएको छ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘हामी काठमाडौंमा सेवा दिइरहेका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग नजिकबाट समन्वयमा छौं । अन्तर्राष्ट्रिय यात्रासम्बन्धी कुनै तत्काल समस्या भए त्यसको जानकारी समयमै अपडेट गरिनेछ।’
प्राधिकरणले यात्रुहरूलाई आफ्ना वायुसेवाका आधिकारिक च्यानलमार्फत जानकारी लिन आग्रह गरेको छ ।
साभार : काठमाडौं प्रेस
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
18 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
18 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले