निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल
5 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, फागनु १८ : प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सन्देश जारी गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य सहभागी हुन र शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरेकी छन्।
सोमबार भिडियो सन्देश जारी गर्दै उनले देश इतिहासको महत्त्वपूर्ण मोडमा रहेकाले आउँदो फागुन २१ गते हुने निर्वाचनले नागरिकको भविष्य निर्धारण गर्ने बताएकी छिन्।
मतदान केवल उम्मेदवार छान्ने प्रक्रिया मात्र नभई आफ्नै भविष्यको निर्णय हुने भएकाले सबै मतदातालाई मतदान केन्द्रमा पुग्न उनले आग्रह गरिन्।
‘देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्। भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,’ उनले भनेकी छिन्।
उनले जनआन्दोलनपछिको जटिल राजनीतिक अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ डो¥याउँदै संविधानको मार्गमा फर्काउन सफल भएको उल्लेख गर्दै अहिले विधिको शासन स्थापित हुँदै स्थिरताका साथ अघि बढिरहेको बताए।
यो उपलब्धि सम्पूर्ण नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको उनको भनाइ छ।
प्रधानमन्त्री कार्कीले निर्वाचनको यस संवेदनशील समयमा शान्ति र अमनचयन कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई आग्रह गरिन्। स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भए पनि वैमनस्य र तनाव स्वीकार्य नहुने उनले स्पष्ट पारिन्।
‘फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु,’ उनले भनिन्, ‘निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो। चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन।’
निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीको मेहनतले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सरकारले आवश्यक सबै सुरक्षा संयन्त्र परिचालन गरिसकेको जानकारी दिए । प्रदेश तथा स्थानीय सरकारको सहयोग पनि महत्वपूर्ण रहेको उनले बताइन्।
सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना र कृत्रिम सामग्रीबारे सचेत रहन प्रधानमन्त्री कार्कीले नागरिकलाई आग्रह समेत गरेकी छन्।
साभार ः काठमाडौं प्रेस
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
18 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
18 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले