नेपाल–भारतका लाखौं श्रद्धालुबीच १५ दिने ‘मानव महाकुम्भ’ मिथिला मध्यमा परिक्रमा सम्पन्न
5 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फाल्गुन १९ गते । नेपाल र भारतका लाखौं श्रद्धालुको सहभागितामा सम्पन्न १५ दिने ‘मानव महाकुम्भ’ भनेर चिनिने मिथिला मध्यमा परिक्रमा आज समापन भएको छ। यस विशाल धार्मिक यात्रामा सहभागी भक्तजनहरूलाई सहयोग पुर्याउने उद्देश्यले नेपाल भारत खुला सीमा संवाद समूह र क्लथ बैंक नेपालको संयुक्त आयोजनामा विभिन्न स्थानमा स्वास्थ्य शिविर तथा सहायता कक्ष सञ्चालन गरिएको थियो।
आयोजकहरूका अनुसार, परिक्रमा मार्ग अन्तर्गत नेपालतर्फ पर्ने नौवटा मुख्य विश्राम स्थलहरूमा श्रद्धालुहरूका लागि स्वास्थ्य शिविर, सहायता कक्ष, र निःशुल्क चिया-पानीको व्यवस्था गरिएको थियो।
शिविर व्यवस्थापन तथा मेडिकल टोली
यस शिविरको सफल सञ्चालनमा विभिन्न व्यक्ति र संघ-संस्थाहरूको महत्त्वपूर्ण योगदान रहेको थियो। शिविर व्यवस्थापनको मुख्य जिम्मेवारी कृष्ण कुमार साहले सम्हालेका थिए भने धनेश्वर ठाकुर, रुबी झा र मनिष श्री ओमको विशेष सहयोग रहेको थियो। सम्पूर्ण कार्यक्रमको नेतृत्व र समन्वय संस्थाका केन्द्रीय अध्यक्ष राजिव झाले गरेका थिए।
श्रद्धालुहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि अजय दास, दिलीप मिश्र र डा. अजय मिश्रलगायतको टोलीले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए। यस कार्यमा संस्थाका कार्यकारी सदस्यहरू सञ्जीव झा, बाल अधिकारकर्मी आदित्य झा र अनुपम झाले पनि सक्रिय रूपमा सहभागी भई सहयोग पुर्याएका थिए।
त्यसैगरी, शिविरमा आवश्यक पर्ने औषधिको व्यवस्था जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का वडा सचिव सुनिल गुप्ता तथा मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य कार्यालयले गरेका थिए।
विशिष्ट व्यक्तिहरूद्वारा शिविरको अवलोकन
उक्त शिविरहरूको मधेश प्रदेशका माननीय सभामुख, धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनिष झा, विभिन्न राजनीतिक दलका नेता, पत्रकार र स्थानीय बुद्धिजीवीहरूले अवलोकन गर्दै आयोजकहरूको यस पुण्य कार्यको प्रशंसा गरेका थिए।
करिब २० देखि २५ लाख भक्तजनहरू सहभागी हुने यस परिक्रमामा यस्ता स्वास्थ्य शिविरले श्रद्धालुहरूलाई ठूलो राहत दिएको सहभागीहरूले बताएका छन्।
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
18 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
18 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले