‘प्रदेश सरकार गठन भएको एक सय दिनमा ५१ कामको थालनी’
5 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,चैत्र ३ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेश सरकारले प्रदेशको आर्थिक विकास, सुशासन तथा समृद्धिको एजेन्डालाई अगाडी बढाउन इमानदारीपूर्वक काम अगाडी बढाएको बताउनुभएको छ ।
प्रदेश सरकार गठन भएको १ सय दिन पुरा भएको अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरेर उहाँले यस अवधिमा ५१ कामको शुरुआत भएको दाबी गर्नुभयो ।
उहाँले आफू सरकारको नेतृत्वमा आएको १ सय दिनको ५० दिन जति निर्वाचन आचार संहितामा बितेको र बाँकी ५० दिनमा निर्वाचनको तयारी सहितको काममा धेरै समय बितेको बताउनुभयो ।
मुख्यमन्त्री यादवले निम्न वर्गका व्यक्तिहरूको जीविकोपार्जनसँग जोडिएको ई–रिक्सा तथा ट्र्याक्टर चालकको चालक अनुमतिपत्र मधेश प्रदेशमा मौखिक अन्तरवार्ताको आधारमा गर्ने निर्णय भएको बताउनुभयो ।
उहाँले मधेश प्रदेशका नदी तथा खोलाहरूमा वर्षेनी रुपमा थुप्रिने गरेको बालुवा गिट्टी निकासी गर्नका लागि अनुमति प्रदान गर्नका लागि संघ सरकारसँग माग भएको र यसले प्रदेशलाई आर्थिक रुपमा सबल हुनुका साथै बालुवा गिट्टीका कारणले कृषि योग्य जग्गामा हुने गरेको मरुभूमिकरणमा कमी आउने र प्राकृतिक श्रोतको सदुपयोग हुने बताउनुभयो ।
एक प्रश्नको जवाफमा उहाँले सुख्खाको समयमा तराई मधेशका जिल्लामा खानेपानीको अभावको समाधानका लागि निर्माणाधीन अवस्थामा रहेका ओभर ट्याङ्कहरूको सञ्चालनका विषयमा प्रदेश सरकारले चाँडै कदम चाल्ने बताउनुभयो ।
साभार : रेडियो नेपाल
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
14 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
14 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले