Janakpurdham
Thu, Mar 19, 2026
`

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

2 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिहान देखि भिड बढेको छ । 

जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा पूजा अर्चनाका लागि बिहान देखि नै भक्तजनहरूको ठूलो भिड रहेको छ । यसका साथै जनकपुरधामको पियरीयामाई, अमरखाना सहितका शक्तिपीठमा पूजा अर्चना गर्नेहरुको भिड रहेको छ । 

जनकपुरधामको वडा नंं ८ मा सतानन्द युवा क्लबको आयोजनामा यस पटक भव्य रुपमा चैती नवरात्राको शुरुआत भएको छ । पुरुषोत्तम नारायण झाको अध्यक्षतामा आज बिहान भव्य कलशयात्रा निकालिएको छ । बाजागाजा सहित कलशयात्रा निकालिएको थियो । 

माटोको आकर्षक दुर्गा सहितका देवी देउताको प्रतिमा निर्माण गरेर पूजाको आयोजना भइरहेको छ । यसै अवसरमा चैत्र ९ गते महादेवको लखराम पूजा, १० गते वेलनौति, १२ गते कन्या पूजा, १३ गते हवन र सोही दिन विसर्जन गर्ने कार्यक्रम रहेको पूजा संयोजक पण्डित सिताराम झाले जानकारी दिनु भयो । 

यसका साथै प्रत्येक दिन साँझ महाआरती तथा झिझिया सहितका सांस्कृतिक कार्यक्रमहरू गरिने भएको छ । जनकपुरधामको रामानन्द चोकमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि चैते नवरात्राको अवसरमा विशेष पूजापाठको आयोजना गरिएको छ । 

सो ठाउँमा भव्य रुपमा माता दुर्गाको स्वरूपको प्रतिमा निर्माण गरेर विशेष पूजापाठको आयोजना गरिएको छ । वर्षको चार पटक नवरात्रा मनाए पनि आश्विन तथा चैत्र महिनामा मनाइने नवरात्राको विशेष महत्व रहेको छ ।  

 

साभार : रेडियो नेपाल

`
12 comments
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

2 घन्टा पहिले

गगन थापाको राजिनामा पत्रमा के छ ?

काठमाडौं, चैत ५ गते । बदलिएको कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको ..

2 घन्टा पहिले

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना ..

खोटाङ , चैत्र ४ गते । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबँेसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर ..

1 दिन पहिले

धनुषा आर्थिक गणनाबारे तयारी बैठक सम्पन्न

जनकपुरधाम, चैत्र ४ गते । देशको यथार्थ आर्थिक अवस्थाबारे एकिन गर्नका लागि नेपाल सरकारले तथ्याङ्क कार्यालय मार्फत ..

1 दिन पहिले

‘प्रदेश सरकार गठन भएको एक सय दिनमा ५१ कामको थालनी’

जनकपुरधाम,चैत्र ३ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेश सरकारले प्रदेशको आर्थिक वि..

2 दिन पहिले