Janakpurdham
Wed, Aug 05, 2026
`

कांग्रेस अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ, चैत्र १८ गते । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अनुशासन उलङ्घन गर्ने पाँच सय सात जनाविरुद्ध अध्ययन गरी चाँडो टुङ्गोमा पुर्‍याउने निर्णय गरेको छ ।

बैठकमा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेका, निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएका, पार्टी उम्मेदवारका विरुद्ध अप्रत्यक्ष रूपमा विपक्षीलाई टेवा पुर्‍याएका, निर्वाचनमा काँग्रेसलाई मत नमागी ‘साइलेन्स किलिङ’को काम गरेका र काँग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधिसभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका विरुद्ध छलफल भएको थियो ।

बैठकले छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लङ्घन गरेको भनी आरोप लागेका व्यक्तिबाट सात दिनभित्र स्पष्टीकरण (सफाइ) माग गर्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले जानकारी दिनुभयो ।

यसैगरी, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराएको छ ।

आगामी दिनमा यस्ता गलत काम गर्ने जोकोही व्यक्तिउपर नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधनसहित० र प्रचलित नेपाल कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यले अनुशासन उल्लङ्घन गरेका भए सोको उजुरी २०८२ चैत मसान्तभित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरेको छ । उक्त समयपछि आएका उजुरीउपर कुनै कारबाही नगर्नेसमेत समितिले जनाएको छ । 

 

साभार : रेडियो नेपाल

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

12 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

12 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

1 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

1 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

2 दिन पहिले