सप्तरी १ (क) मा एमालेका राजकुमार लेखी निर्वाचित
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । नेकपा (एमाले) का नेता राजकुमार लेखी सप्तरी १ (क) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँले १४ हजार २९१ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शवनन्द मेहताले ९ हजार ९३ मत ल्याएर पराजित हुनुभयो । त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार रहनुभएका बेचनप्रसाद चौधरीले ७ हजार ५७२ मत ल्याउनुभयो । नेता लेखी थारु कल्याणकारिणी सभा (थाकस) को महामन्त्रीको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका लेखीले गठबन्धन दलका उम्मेदवारलाई पराजित गरी निर्वाचित हुनुभयो । साभार : गोरखापत्र
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
12 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
12 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
1 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
1 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले