Janakpurdham
Sat, Jun 27, 2026
`

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

1 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

रामेछाप, असार १३ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन्। 

मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले सरकारले पेट्रोल र डिजेलको प्रयोग घटाउन विद्युतीय गाडीमा सहुलियत दिनु पर्नेमा उल्टो विद्युतीय गाडीमा कर लगाएर उल्टो बाटोमा हिँडेको बताए। 

त्यस्तै शिक्षा र स्वास्थ्यमा भ्याट लगाउने कुरा पनि जनविरोधी कुरा भएको उनको धारणा छ। यो नीति रास्वपाको घोषणापत्र विपरीत समेत भएको उनले दाबी गरे। ‘एक प्रतिशत नै किन नहोस्,यो नीतिगत कुरा हो नि’, उनले भने। 

अहिलेको सरकारको नीति श्रमिकमारा भएको उनले बताए। श्रमिकहरूको न्यूनतम ज्याला नबढेकोले सरकार श्रमिकको पक्षमा नरहेको उनले बताए। 

हिजो जनार्दन शर्मालाई बजेट हेरफेर गरेको भनी राजीनामा दिन लगाएको स्मरण गराउँदै उनले अहिलेका अर्थमन्त्रीले खुल्लमखुल्ला बजेटको दर हेरफेर गरेको कुरा सन्नमा आएको उनले बताए। 

सरकारले नागरिकको आत्मविश्वास बढाउन नसकेको उनको भनाइ छ। त्यो विश्वास नजगाएसम्म देशमा नै बसेर केही काम गरौँ भन्ने वातावरण नबन्ने उनको धारणा छ।

 

साभार : काठमाडौं प्रेस 

`
12 comments
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप, असार १३ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन्।  मन्थ..

1 घन्टा पहिले

असार २२ देखि अरनिको राजमार्ग १५ दिन राति बन्द हुने

काभ्रे, असार १३ : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो ..

2 घन्टा पहिले

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ ,असार १२ गते । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्..

1 दिन पहिले

मुस्लिम धर्मावलम्बीहरूले वीरगंजमा मोहरम पर्व धुमधामका ..

वीरगंज ,असार १२ गते। मुस्लिम धर्मावलम्बीहरूले आज वीरगंजमा मोहरम पर्व धुमधामका साथ मनाएका छन् ।  हसन र हुसेनको..

1 दिन पहिले

वीरगञ्जमा असार २१ गते ‘रोजगार मेला–२०८३’ को आयोजना गरिँ..

वीरगञ्ज ,असार १२ गते। नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश र वीरगञ्ज उद्योग..

1 दिन पहिले