Janakpurdham
Mon, Nov 23, 2026
`

‘किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता जरुरी छ’

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार १५ : असार १५ राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापाले शुभकामना व्यक्त गर्दै किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा जोड दिएका छन्।

शुभकामना सन्देश जारी गर्दै थापाले नेपाल कृषि प्रधान देश भएकाले कृषि राष्ट्रको सभ्यता, संस्कृति र अर्थतन्त्रको प्रमुख आधार रहेको उल्लेख गरेका छन्। उनले खेतमा पसिना बगाएर देशको खाद्य सुरक्षा सुनिश्चित गर्ने किसानप्रति उच्च सम्मान व्यक्त गर्दै असार १५ किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको बताएका छन्।

थापाले संविधानले प्रत्येक नागरिकको खाद्य सम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेकाले धान उत्पादन वृद्धि गर्नु केवल कृषि कर्म नभई संविधानको मर्म कार्यान्वयनसँग पनि जोडिएको विषय भएको उल्लेख गरेका छन्। तर, किसानले हरेक वर्ष बीउ, मल, सिँचाइ तथा उचित मूल्यको अभाव झेल्नुपरेको र धान खेती अझै पनि वर्षामा निर्भर रहनुपरेको यथार्थतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा थप चुनौती सिर्जना भएको उनको भनाइ छ।

यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ लाई स्मरण गर्दै थापाले मौसमअनुकूल तथा वातावरणमैत्री कृषि प्रविधिको विस्तार आवश्यक रहेको बताएका छन् । आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि गर्दै चामल आयातमा निर्भरता घटाउन सकिने उनको विश्वास छ ।

उनले सिँचाइ विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग, उन्नत बीउ, गुणस्तरीय मल, भण्डारण तथा किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । साथै, कृषिलाई सम्मानित, मर्यादित र आकर्षक पेशाका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

सन्देशको अन्त्यमा थापाले राष्ट्रिय धान दिवस तथा असार १५ ले अन्नदाता किसानप्रतिको सम्मान अझ सुदृढ बनाउँदै खाद्य सुरक्षा र कृषि समृद्धिको दिशामा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो अवसर हो : सांसद à¤..

जनकपुर, मंसिर ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अयोध्या जनकपुरधाम रेल सेवाले ठूलो अवसर सृजना गरे..

1 घन्टा पहिले

नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्..

नयाँदिल्ली, मंसिर ७ : नेपाल र भारतबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्à¤..

1 घन्टा पहिले

जनज्योति बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न, आरà¥..

जनकपुरधाम, मंसिर ६ गते । धनुषाको हंसपुर नगरपालिकामा वित्तीय क्षेत्रमा क्रियाशील रहेको जनज्योति बचत तथा ऋण सहकà¤..

1 दिन पहिले

४२औँ मिथिला विभूति स्मृति पर्व समारोह बेनीपट्टीमा सम्पà¤..

बेनीपट्टी, मधुबनी, मंसिर ६ गते । मिथिलाञ्चल विकास संस्थान, बेनीपट्टीको आयोजनामा ४२औँ मिथिला विभूति स्मृति पर्व सà¤..

1 दिन पहिले

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर, मंसिर ५ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमा र यादव नियà..

2 दिन पहिले