गृहमन्त्री गुरुङ निजगढ पुगेर मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष संवाद सुरु, ६ बुँदे माग सम्बोधन गर्न दबाब
25 दिन पहिले प्रकाशित
Esandhyakalin
रौतहट, असार ३० : मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल कदमी सुरु भएको छ।
जनकपुरबाट काठमाडौँ केन्द्रित आन्दोलनका लागि पैदल यात्रा गरिरहेका पीडितहरूलाई भेट्न र उनीहरूका समस्याबारे प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ आइपुगेका छन् ।
बुद्ध एयरको विमानमार्फत सिमरा विमानस्थलमा अवतरण गरेलगत्तै गृहमन्त्री गुरुङ सडक मार्ग हुँदै सोझै निजगढ पुगेका हुन्। निजगढमा शिविर बनाएर बसेका आन्दोलनरत पीडितहरूसँग मन्त्री गुरुङले प्रत्यक्ष छलफल र अन्तर्किया सुरु गरिसकेका छन्।
लामो समयदेखि न्यायको खोजीमा सडक संघर्ष गरिरहेका नागरिकलाई राज्यका तर्फबाट अभिभावकत्व दिन मन्त्री आफैँ मैदानमा उत्रिएपछि यो भेटवार्तालाई राजनीतिक र सामाजिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
आफ्नो जायजेथा र उठिबास गराउने मिटरब्याजी (सामन्ती) प्रथाको समूल नष्ट हुनुपर्ने अडानमा रहेका पीडितहरूले सरकारसमक्ष स्पष्ट खाकासहित ६ बुँदे माग अघि सारेका छन्।

उनीहरूले सरकारसमक्ष फर्जी लिखत खारेज, विशेष ऐन निर्माण, न्यायाधिकरण गठन तथा पीडितको सम्पत्ति फिर्ता गर्न माग गरेका हुन्। छलफलका क्रममा गृहमन्त्री सुधन गुरुङले पीडितहरूका समस्या र मागप्रति सरकार गम्भीर रहेको र यस प्रथालाई कानुनी रूपमै अन्त्य गर्न गृह मन्त्रालयले गृहकार्य गरिरहेको आश्वासन दिएका छन्।
यद्यपि, पीडितहरूले भने विगतमा पनि पटक–पटक सहमति भएर कार्यान्वयन नभएको भन्दै यसपटक ठोस र लिखित निर्णय नभएसम्म आन्दोलन र यात्रा नरोक्ने अडान राखेका छन्।
साभार ः काठमाडौं प्रेस
अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्..
काठमाडौं, साउन २३ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस..
3 घन्टा पहिले
सात दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा
काठमाडौं, साउन २३ : मधेश केन्द्रित दलसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्।&nbs..
3 घन्टा पहिले
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
1 दिन पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
1 दिन पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले