दलित समाज उत्थान समितिले गरे यौनजन्य हिँसा विरुद्ध अभिमुखिकरण
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
बटुकनाथ झा,मंसिर ९ गते जनकपुरधाम ।१६ दिने महिला हिँसा विरुद्धको अभियानको क्रममा दलित समाज उत्थान समिति नेपाल महोत्तरीले जलेश्वर नगरपालिकामा महिला बिरुद्ध हुने यौँजन्य हिँसाको बारेमा अभिमुखिकरण गरेका छन् । महिला भएकै कारण यौँनजन्य हिँसा सहन बाध्य भएकाहरुलाई यसको विरुद्धमा सशक्त हुन सो नगरपालिकाका उपप्रमुख रौशन खातुन सहित न्ययिक समितिका पदाधिकारी तथा कर्मचारीहरुलाई अभिमुखिकरण गरिएको छ । महिला विरुद्धको यौनजन्य हिँसा भएमा यस्तो घटनालाई मेलमिलाप मार्फत समाधान नगरी पिरकलाई कानुन अनुसारको सजाय र पिडितलाई संरक्षण गर्न न्ययिक समितिले निर्वाह गर्नुपर्ने भुमिकाका विषयमा सहभागीहरुलाई जानकारी दिइएको थियो । सेवाग्राहीलाई न्यायमा पहूँच अभिबृद्धि गर्ने उद्देश्यका दलित समाज उत्थान समिति नेपालको आयोजनामा संस्थागत सुधार परियोजना मार्फत न्यायमा पहुँच अभिबृद्धि गर्नका लागि कानुनी सचेतना, कानुनी सहायता र आउटरिच गतिविधिहरुको कार्यान्वयन ए टु जे परियोजना अन्तरगत सहभागीहरुलाइ परियोजनाका कार्यक्रम संयोजक डा. मनोज कुमार सर्राफले जानकारी गराउनु भएको थियो । सहभागीहरुलाई महिला माथि हुने यौनजन्य हिँसाका प्रकार,यौन हिँसा पिडीत महिलाले न्याय पाउन नसक्नुका कमि कमजोरी,महिला बिरुद्ध हुने भेदभाव र हिँसा सम्बन्धमा अन्तराष्ट्रिय प्रयासका विषयमा जानकारी लगायतका विषयमा जानकारी गराउनु भएको थियो । सहभागीहरुलाई संस्थाका दातृनिकाय यूएनडिपीका कानुनी साहायतामा पहुँच अधिकारी उर्मिला रोक्काले महिला विरुद्ध हुने यौन हिँसाका घटनामा कमि ल्याउन तथा भएको घटनाका पिडितलाई कानुनी कारबाहीका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराउनु भयो । यो परियोजना अन्तरगत दलित समाज उत्थान समिति नेपालले न्यायिक समितिको कामबाट सेवाग्रहीमा परेको प्रभाव तथा कानुनी सचेतना,न्याय , कानुन तथा सुरक्षा सम्बन्धी आम नागरिकको जनचेतना विकासका क्षेत्रमा काम गरिरहेको परियोजनाका कार्यक्रम संयोजक सर्राफले जानकारी दिनुभयो । महोत्तरीको जलेश्वर नगरपालिका,लोहारपट्टी नगरपालिका, धनुषाको हंसपुर नगरपालिका, धनौजी गाउँपालिकामा कार्यक्रम संचालनमा छ ।
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी
जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..
9 घन्टा पहिले
स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..
वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..
9 घन्टा पहिले
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
1 दिन पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
1 दिन पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 दिन पहिले