जनकपुरधाममा लम्पी स्किन रोगविरुद्ध निःशुल्क खोप सेवा सञ्चालन
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, श्रावण २६ गते । जनकपुरधाम उपमहानगरपालिकाले गाई–बाच्छामा देखिने लम्पी स्किन रोग (LSD) को रोकथाम तथा नियन्त्रणका लागि निःशुल्क खोप सेवा सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार विभिन्न वडामा रहेका गाई–बाच्छामा लम्पी स्किन रोग देखिन थालेपछि रोगको रोकथाम तथा नियन्त्रणका लागि २०८३ जेठ २७ गतेदेखि निःशुल्क खोप सेवा सञ्चालन गरिने भएको हो। उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखामार्फत गत आर्थिक वर्षमा गाई–बाच्छामा लम्पी स्किन रोगविरुद्ध खोप सेवा सञ्चालन गरिए पनि खोप नलगाएका गाई तथा बाच्छा–बाच्छीमा रोग लाग्ने जोखिम रहेकाले सम्बन्धित पशुपालक तथा कृषकलाई खोप लगाउन आग्रह गरिएको छ। उपमहानगरपालिकाले खोप नलगाएका गाई तथा बाच्छा–बाच्छीलाई खोप लगाउँदा पशुधनमा हुन सक्ने क्षति न्यूनीकरणमा सहयोग पुग्ने जनाएको छ।

साथै, पशुपालक तथा कृषकलाई आफ्ना पशुहरूलाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरिएको छ। त्यस्तै, रोग लागेका पशुमा उपचारका लागि कृषि तथा पशुपन्छी सेवा केन्द्र, जनकपुरधाम–१७, तेतरियाबाट उपचार सेवा लिन उपमहानगरपालिकाले आग्रह गरेको छ। नगर कार्यपालिकाको कार्यालयका पशु चिकित्सक डा. अमर कुमार साहले जारी गरेको सूचनामा लम्पी स्किन रोगको जोखिम न्यूनीकरणका लागि समयमै खोप लगाउन पशुपालकलाई आग्रह गरिएको छ।
जनकपुरधाममा लम्पी स्किन रोगविरुद्ध निःशुल्क खोप सेवा स..
जनकपुरधाम, श्रावण २६ गते । जनकपुरधाम उपमहानगरपालिकाले गाई–बाच्छामा देखिने लम्पी स्किन रोग (LSD) को रोकथाम तथा न..
2 घन्टा पहिले
हटाउनुपर्ने कालो चस्मा होइन, मनमा बसेको कालो सोच हो : सांस..
काठमाडौं, साउन २५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्..
7 घन्टा पहिले
ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट..
काठमाडौं, साउन २५ : धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्..
7 घन्टा पहिले
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको ..
काठमाडौं, साउन २४ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सब..
2 दिन पहिले
‘हामी अब शासकीय अराजकताबारे बोल्नुपर्नेछ’
काठमाडौं, साउन २४ : नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय अराजकता बढेको बताएका छन्। उनले केन्द्रीय समितिक..
2 दिन पहिले