Janakpurdham
Thu, Mar 26, 2026
`

महोत्तरी ३ मा लोसपाका अध्यक्ष ठाकुर विजयी

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जलेश्वर । महोत्तरीको निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ । शुक्रबार साँझ सम्पन्न मतगणना परिणामअनुसार लोसपा अध्यक्ष ठाकुर आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई दुई हजार पचास मतान्तरले निर्वाचित हुनुभएको हो । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका अध्यक्ष ठाकुर १६ हजार ३७५ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको सुरुवाती चरणमा स्वतन्त्र उम्मेदवार रामआधार कापर अग्रस्थानमा रहे पनि अन्तिम परिणाम आउँदासम्म उहाँ १२ हजार ७३३ मत ल्याएर तेस्रो स्थानमा खुम्चिनुभयो ।  यसअघि २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा अध्यक्ष ठाकुर सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।साभार : गोरखापत्र

`
12 comments
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

9 घन्टा पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

9 घन्टा पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

1 दिन पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

1 दिन पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

2 दिन पहिले