Janakpurdham
Sun, Nov 22, 2026
`

शिक्षाले समाज, संस्कृति र राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउनुपर्छ : राष्ट्रपति पौडेल

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असाेज १७ : राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताएका छन् ।

उनले सेन्ट जेभियर्स स्कुल गोदावरी र जावलाखेलको ७५औँ वार्षिकोत्सव समारोहलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।

‘शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन । शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो । त्यही भएर शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्दछ,’ राष्ट्रपति पौडेलले भने । 

उनले नेपाल विविध भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध देश भएकाले हामीले दिने शिक्षाले देशको विविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए । समय परिवर्तनशील भएको तर परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन चाहिँ आवश्यक रहेको उनको भनाइ थियो । 

सूचना प्रविधिको द्रुत विकास भएको आधुनिक युगमा हामी कस्तो राष्ट्र निर्माण गर्न चाहन्छौँ र भोलिका लागि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रश्नको उत्तर पनि हाम्रो शैक्षिक प्रणालीमै खोजिनुपर्छ । त्यसका लागि प्रविधिको उच्चतम प्रयोगसँगै समयको मागअनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्दछ,’ राष्ट्रपति पौडेलले भने । 

उहाँले ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व भएको बताए । 

‘साथसाथै, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने गरी स्वदेशमै उत्पादन र रोजगारीको अवस्था सिर्जना गरी हरेक नागरिकमा देशभक्तिको भावना अभिवृद्धि गर्ने शिक्षा प्रदानमा विशेष ध्यान दिनुपर्छ भन्ने म ठान्दछु,’ राष्ट्रपति पौडेलले भने ।

 

साभार; काठमाडौं प्रेस

`
12 comments
जनज्योति बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न, आरà¥..

जनकपुरधाम, मंसिर ६ गते । धनुषाको हंसपुर नगरपालिकामा वित्तीय क्षेत्रमा क्रियाशील रहेको जनज्योति बचत तथा ऋण सहकà¤..

2 घन्टा पहिले

४२औँ मिथिला विभूति स्मृति पर्व समारोह बेनीपट्टीमा सम्पà¤..

बेनीपट्टी, मधुबनी, मंसिर ६ गते । मिथिलाञ्चल विकास संस्थान, बेनीपट्टीको आयोजनामा ४२औँ मिथिला विभूति स्मृति पर्व सà¤..

8 घन्टा पहिले

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर, मंसिर ५ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमा र यादव नियà..

1 दिन पहिले

प्राकृतिक जलाशय संरक्षण र माछाको उत्पादकत्व वृद्धि गर्à¤..

जनकपुरधाम, मंसिर ५ गते। मधेश प्रदेश सरकारले व्यावसायिक माछापालनमा संलग्न किसानलाई माछाको बीउ तथा माछुरा खरिदमा à..

1 दिन पहिले

हरिबोधिनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूज..

काठमाडौं, मंसिर ४ : हिन्दु धर्मावलम्बीहरूले आज हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँà..

2 दिन पहिले