Janakpurdham
Thu, Mar 26, 2026
`

ओलीलाई बालेनको प्रश्न : प्रधानमन्त्री हुँदा सुकुम्वासी समस्या समाधान गर्न किन सक्नुभएन ?

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री हुँदा सुकुम्वासी समस्या समाधान गर्न किन सक्नुभएन भन्दै प्रश्न गरेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले वैकल्पिक व्यवस्थापन नगरी सुकुमबासीलाई उठाउनु गलत भएको बताएपछी  बालेनले ओलीलाई प्रतिप्रश्न गरेका हुन् ।‘२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्,‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आˆनो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश् ।’उनले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? भन्दै प्रश्न गरेका छन् । ‘हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ?,’ उनले भनेका छन्,’यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले बिरोध गर्नु असामान्य होइन ।साभार : कोसी अनलाइन

`
12 comments
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

7 घन्टा पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

7 घन्टा पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

1 दिन पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

1 दिन पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

2 दिन पहिले