कतारले विश्वकपको तयारीमा ठूलो संख्यामा मजदूर मारिएको स्वीकार गर्यो
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । फिफा विश्वकपको आयोजक देश कतारका एक उच्च अधिकारीले पहिलो पटक विश्वकपको तयारीमा ४०० देखि ५०० कामदारको मृत्यु भएको स्वीकार गरेका छन् ।कतारले श्रमिकको मृत्युको बारेमा यति ठूलो आंकडा दिएको यो पहिलो पटक हो । अहिलेसम्म दिइएको तथ्याङ्क यो भन्दा धेरै कम थियो।अङ्ग्रेजी पत्रिका बिजनेश स्ट्यान्डर्डमा प्रकाशित समाचारका अनुसार कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा यो कुरा स्वीकार गरेका छन् ।थवादीले भने, “यो संख्या करिब ४ सयदेखि ५ सयको हाराहारीमा छ। मसँग यकिन संख्या छैन, तर छलफल भइसकेको छ। तर स्पष्टसँग भन्नुपर्दा एक जनाको मृत्यु पनि धेरै हो।”थवादीका अनुसार मृत्यु हुनेमा विश्वकपका लागि रंगशाला, सडक, होटललगायतका पूर्वाधार निर्माणमा संलग्न मजदुरहरु रहेका छन् ।यसअघि विश्वकपको तयारीका क्रममा ज्यान गुमाउनेको संख्या ३७ देखि ४० सम्म रहेको बताइएको थियो । यससँगै कतारले यिनीहरूको हृदयघातजस्ता कारणले मृत्यु भएको बताउँदै आएको छ ।सन् २०१० मा विश्वकप फुटबल आयोजनाको अधिकार जितेपछि कतारले आफ्नो पूर्वाधार निर्माण गर्न थालेको हो ।यसलाई अहिलेसम्मकै महँगो विश्वकप पनि मानिएको छ किनभने केही रिपोर्टका अनुसार यसमा २०० अर्ब डलरभन्दा बढी खर्च भएको छ ।साभार : डिसी नेपाल
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी
जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..
7 घन्टा पहिले
स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..
वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..
7 घन्टा पहिले
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
1 दिन पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
1 दिन पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 दिन पहिले