Janakpurdham
Thu, Mar 26, 2026
`

प्रभास र कृति सेनन प्रेममा !

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । वरुण धवन र कृति सेनन हालै आफ्नो फिल्म भेडियाको प्रमोशनका लागि रियालिटी शो पुगेका थिए । त्यहाँ, वरुणले अनौपचारिक रूपमा कृति सेननले आफ्नो आदिपुरुष सह-कलाकार प्रभाससँग डेट गरिरहेको संकेत गरे।सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा, कसैको नाम नलिई वरुणले कृति सेनन हाल बाहुबली स्टार प्रभाससँग सम्बन्धमा रहेको संकेत दिइरहेका छन् । बरुण धवन र कृति सेनन आफ्नो फिल्म भेडियाको प्रमोशनको सिलसिलामा रियालिटी शोमा पुगेका थिए । शोको क्रममा फिल्म निर्माता करण जोहरले वरुणलाई इन्डस्ट्रीका केही एकल अभिनेत्रीको नामबारे सोधे ।कृतिको नाम बरुणको सूचीमा हराइरहेको थियो, त्यसपछि करणले कृतिको नाम यो एकल अभिनेत्रीको सूचीमा किन छैन भनेर सोधे । तब वरुणले भने – “कृतिको नाम यस लिस्टमा छैन किनभने कृतिको नाम कसैको मनमा छ र त्यो व्यक्ति हाल मुम्बईमा छैन, उनी अहिले दीपिका पादुकोणसँग सुटिङमा छन्।”वरुणको कुरा सुन्नेबित्तिकै कृति हाँसेकी देखिन्छिन् । अहिले प्रभास दीपिका पादुकोणसँग ‘प्रोजेक्ट के’ मा काम गरिरहेका छन् ।यस क्रममा वरुणले कसैको नाम भने लिएनन् तर फ्यानले प्रभास र कृतिबीच केही चलिरहेको छ भन्ने विश्वास गरेका छन् । तर, केही सामाजिक सञ्जाल प्रयोगकर्ताका अनुसार मेगा बजेट फिल्म ‘आदिपुरुष’को पीआर प्रमोशनका लागि कृति र प्रभासको रिलेशनशिपको चर्चा चलिरहेको छ ।वरुण धवन र कृति सेननको भर्खरै रिलिज भएको फिल्म भेडियाले दर्शकको मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्मले पहिलो सप्ताहन्तमा २८ करोड कमाएको छ । आदिपुरुषको कुरा गर्दा ओम राउतको निर्देशनमा बनेको यो फिल्म १६ जुन २०२३ मा रिलिज हुँदैछ ।यो पान इन्डिया फिल्म हो, जुन हिन्दी सहित तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ । चलचित्रको बजेट करिब ५०० करोड रहेको छ तर टिजर रिलिज भएसँगै धेरै ट्रोल भएको छ ।फिल्मको कमजोर भीएफएक्स र भगवान राम, हनुमान र रावणको रूपलाई गलत रूपमा प्रस्तुत गरेकोमा फिल्मका निर्माताहरूले धेरै आलोचनाको सामना गर्नुपरेको थियो।साभार : डिसी नेपाल

`
12 comments
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

7 घन्टा पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

7 घन्टा पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

1 दिन पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

1 दिन पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

2 दिन पहिले