गृहमन्त्री खाणसँग पनि गरे सिके राउतले भेटवार्ता
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । जनमत पार्टीका अध्यक्षले गृहमन्त्री बालकृष्ण खाणसँग पनि भेटवार्ता गरेका छन् ।आजै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको राउतले गृहमन्त्री खाणलाई पनि भेटेका हुन् ।गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको छ ।गृहमन्त्री खाणले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा राउतलाई बधाई दिए ।दुई नेताबीच मुलुकमा शान्ति, सुशासन र स्थीरतामा कसरी ल्याउन सकिन्छ भन्नेबारे छलफल भएको बताइएको छ । आगामी दिनमा सहमति र सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे पनि कुराकानी भएको छ ।राउतको नयाँ सोच, नयाँ विचार मुलुकको विकासमा उपयोग गर्नुपर्ने गृहमन्त्री खाणले भेटका क्रममा बताए ।साभार : नेपाल प्रेस
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी
जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..
7 घन्टा पहिले
स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..
वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..
7 घन्टा पहिले
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
1 दिन पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
1 दिन पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 दिन पहिले