Janakpurdham
Sat, Aug 08, 2026
`

संसद्मा प्रभावकारी भूमिका खेल्न सभापति देउवाको निर्देशन

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।काङ्ग्रेसका नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।मन्त्री कार्कीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले प्रतिनिधिसभाका सबै सांसदलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गरेका छन ।’सत्ता गठबन्धनलाई निर्वाचनमार्फत जनताले अनुमोदित गरेकाले राष्ट्रिय राजनीतिका सन्दर्भमा छिट्टै गठबन्धनको बैठक बसेर अरु निर्णय गर्ने उनले उल्लेख गरे । 

गठबन्धन सरकारकाबारे सोधिएको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भने, ‘कांग्रेसले सत्ता गठबन्धनको नेतृत्व गरेको छ । सत्ता गठबन्धनलाई अहिले जनताले अनुमोदन गरेका छन्। आगामी दिनमा मुलुकको स्थिरता र जनताले चाहेको विकास र समृद्धिका लागि देश त्यस दिशातर्फ अघि बढ्छ ।’महामन्त्री गगनकुमार थापाले आइतबारदेखि सुरु हुने पार्टीको केन्द्रीय समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि निर्वाचन समिति गठन गरी आगामी बुधबारसम्म निर्णय आउने बताए ।

पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी सभापतिले प्रतिनिधिसभाका सम्पूर्ण निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिँदै संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाहका लागि निर्देशन दिनुभएको जानकारी दिए ।उनले काङ्ग्रेस संसद्मा ठूलो दलको हैसियत प्राप्त गरेको र गठबन्धनमा पनि फराकिलो अन्तर रहेकाले स्वभाविकरूपमा काङ्ग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्ने भए पनि यससम्बन्धी निर्णय गठबन्धनको बैठकबाट हुने बताए ।नेता डा. शेखर कोइरालाले कांग्रेस प्रतिनिधिसभाको ठूलो दल भएकाले उसकै नेतृत्वमा गठबन्धन सरकार गठन हुनुपर्ने धारणा राखे ।

अर्का नेता विमलेन्द्र निधिले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने जिकिर गरे । नेता एनपी साउदले पार्टी सभापतिकै नेतृत्वमा गठबन्धनले सफलता पाएकाले उनकै नेतृत्वमा प्रधानमन्त्रीमा सहमति हुने विश्वास व्यक्त गरे ।गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।सबैभन्दा ठूलो दलको हैसियतमा काङ्ग्रेसले आफ्नै नेतृत्वमा पाँचदलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ ।निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ ।साभार : कोसी अनलाइन

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

8 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

8 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

1 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

1 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले