प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता : सरकारमा सहभागी गराउने प्रयास
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गर्नुभएको छ ।यसअघिको वाम लोकतान्त्रिक गठबन्धनमा सहभागी रहेका नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री प्रचण्डले प्रयास गर्नुभएको हाे ।सरकारमा सहभागी गराउन आज बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । विशेष स्रोतका अनुसार ललितपुरमा बिहान भएको भेटमा एकीकृत समाजवादीलगायतका दलहरुलाई सरकारमा सामेल गराउने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धन तोडेर नेकपा (एमाले)सहित सात दल, तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । सोही दिन उहाँले आठ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।नेकपा (एकीकृत समाजवादी)लाई पनि सरकारमा सामेल गर्न सके सो दलका १० सांसदसहित प्रधानमन्त्री प्रचण्डलाई १७९ सांसदको समर्थन हुनेछ ।साभार : गोरखापत्र अनलाइन
प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवा..
जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधाम..
16 घन्टा पहिले
विवादामा तानिएपछि गृहमन्त्रीले दिए राजीनामा
काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार सिंहदरबारमा..
16 घन्टा पहिले
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..
काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..
2 दिन पहिले
पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..
काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..
2 दिन पहिले
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग
काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..
3 दिन पहिले