सबैलामा निःशुल्क दन्त शिविर सम्पन्न
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम १६ गते पुस । धनुषाको सबैलामा शनिबार भएको निःशुल्क दन्त शिविरमा एक सय ९९ जनाले दाँतको उपचार गराएका हुन । रामसति देवी असर्फीसाह सेवा प्रतिष्ठानको आयोजना तथा समाज सेवा युवा क्लव सबैलाको संयोजनमा भएको सो शिविरको उद्घाटन सबैलाका मेयर कारी यादवले गर्नुभएको छ । अप्पन डेनटल चेम्वर्सको प्राविधिक सहयोगमा भएको सो शिविरमा ६० जनाको विग्रेको दाँत उखेलिएको छ भने अन्य विरामीको औषधी समेत वितरण गरिएको चेम्वर्सका संचालन डा. अजय शाहले जानकारी दिनुभयो । सो शिविरमा डा. शाह लागयत डा. शुमन कर्ण, डा. रंजित राउतले विरामीको उपचार गर्नुभएको थियो । शिविरमा समाज सेवा युवा क्लव सबैलाका दिनेश साह तथा रवि महतोको सक्रिय सहभागिता रहेको थियो । विगतमा सबैला नगरपालिकाका मेयर कारी यादव तथा अप्पन डेन्टल चेम्वर्सका अध्यक्ष डा. अजय शाह विच भएको सम्झौता अनुसार सो पालिकाका दाँत रोगीहरुलाई निःशुल्क दन्त परिक्षण,दाँत झिक्ने सेवा, अस्थाष्यी दाँत राख्ने लगायतका काम गरिने डा. शाहले जानकारी दिनुभयो ।


यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
17 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
17 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले