ग्रिफित चम्किँदा जनकपुरसँग २३ रनले हार्यो लुम्बिनी
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । कप्तान ट्रेभोन ग्रिफितको अलराउन्ड प्रदर्शनमा लुम्बिनी अलस्टार्सलाई २३ रनले पराजित गर्दै जनकपुर रोयल्सले जारी नेपाल टी-२० लिगमा सातौं जित निकालेको छ ।एक खेलअगावै प्लेअफ पुगेको जनकपुरले लुम्बिनीसँगै क्वालिफायर्स खेल्ने पक्का भएको छ । जनकपुर १० खेलमा १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत छ । लुम्बिनी १० खेलमा ८ जित र दुई हारको नतिजासहित १६ अंक जोडेर शिर्ष स्थानमा छ ।शुक्रबार सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुरले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित १७ ओभरमा १ सय ३६ रनमा सीमित भयो ।लुम्बिनीका अनिल शाहले सर्वाधिक ३५ रन योगदान गरे । उनले २१ बलमा तीन छक्का र एक चौका प्रहार गरे । ओपनर लाहिरु मिलन्थाले ३२ रन जोड्दा सुनिल धमला २७ रन र गुलसन झा १० रनमा आउट भए । त्योबाहेक लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।जनकपुरका ट्रेभोन ग्रिफितले ४ ओभरमा ३० रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । समिउल्लाह शिनवारीले दुई विकेट लिँदा अशन प्रियन्जनले एक विकेट लिए ।यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरका लागि कप्तान ग्रिफितले आक्रामक इनिङ खेले । उनले ११ बलमा ५ छक्का र तीन चौका प्रहार गर्दै जनकपुका लागि सर्वाधिक ४७ रनको अविजित इनिङ खेले । ओपनर शरार्फुदिन असरर्फ १८ बलमा ५ चौका र एक छक्कासहित ३४ रनमा आउट हुँदा खडक बोहराले २२ रन, सामिउल्लाह सिनवारि २० रन र दिलिप नाथले १० रन जोडे ।लुम्बिनीका सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान दुई विकेट लिए । प्यात ब्राउन र इसान पाण्डेले एक/एक विकेट लिए ।आज हुने दोस्रो खेलमा विराटनगर सुपर किङस र फार वेस्टर्न युनाइटड भिड्ने छन् ।साभार : नेपाल प्रेस
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
22 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
22 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
2 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
3 दिन पहिले