Janakpurdham
Thu, Apr 23, 2026
`

यी हुन् कांग्रेस संसदीय दलको बैठकले गरेको निर्णयहरू

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । आगामी २६ पुस पुनः बस्ने गरी कंग्रेस संसदीय दलको बैठक सकिएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सबै तहका नेता कार्यकर्ता र आमजनतालाई धन्यवाद दिएको छ ।कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकल निम्न बमोजिमका अन्य प्रस्तावमा माथि छलफल भई निर्णय गरेको छ ।

१. नेपाली काँग्रेस संसदीय दलको यो प्रथम बैठक गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा निर्वाचित गर्ने आदरणीय मतदाताप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।

२. निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन भूमिका निर्वाह गर्नु हुने पार्टीका सबै साथीहरुलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

३. स्थानीय तहको निर्वाचनपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली काँग्रेस नेतृत्वको निवर्तमान सरकारलाई यो बैठक बधाई तथा धन्यवाद ज्ञापन गर्दछ ।

४. प्रतिनिधिसभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनाताको विश्वास र पार्टीका साथीहरूको अपेक्षा बमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ्ने यो बैठक प्रतिबद्धता व्यक्त गर्दछ ।

५. यो बैठक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलता साथ सम्पन्न गरेकोमा निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी प्रशासन, नागरिक समाज, बुद्धिजीवी र निर्वाचनमा संलग्न सबैको भूमिकाको उच्च सराहना गर्दछ ।

६. निर्वाचनको समयमा जनतालाई निरन्तर सुसूचित गर्ने सम्पूर्ण सञ्चार माध्यमप्रति यो बैठक सम्मान प्रकट गर्दछ ।

७. यो बैठक संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया यथाशीघ्र प्रारम्भ गर्ने निर्णय गर्दछ ।

८. नेपाली कांग्रेस संसदीय दलको अर्को बैठक यही २६ पुस  बिहान ९ः०० बजे बस्ने निर्णय गर्दछ ।

शोक प्रस्तावः

१. यो बैठक नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य माननीय कुलबहादुर आले र पूर्व सांसद श्री मैया देवी श्रेष्ठको निधन प्रति गहिरो शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ ।

२. निर्वाचनको क्रममा बाजुरा जिल्ला त्रिवेणी न.पा. वडा ७ को मतदान केन्द्रमा प्रहरीको गोलीबाट मृत्यु भएका ने.वि.संघका नेता संजिव ऐडीको मृत्यु प्रति गहिरो शोक व्यक्त गर्दै यो बैठक दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।


साभार : डिसी नेपाल

`
12 comments
प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवा..

जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधाम..

11 घन्टा पहिले

विवादामा तानिएपछि गृहमन्त्रीले दिए राजीनामा

काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार सिंहदरबारमा..

11 घन्टा पहिले

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..

काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..

1 दिन पहिले

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..

काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..

1 दिन पहिले

गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..

2 दिन पहिले