Janakpurdham
Fri, Aug 07, 2026
`

प्रधानमन्त्रीले प्रष्टीकरण दिने भएपछि सदन सुचारु गर्ने सहमति

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रष्टीकरण दिने भएपछि सदनमा विपक्षी दलहरूले गरेको अवरोध हट्ने भएको छ । नागरिकता विधेयक प्रमाणीकरण र भारतसँग भूमि साटफेर गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै एमाले, रास्वपा, राप्रपाले सदन अवरुद्ध गरेका थिए ।आजको कार्यसूचीमा प्रधानमन्त्री दाहालले सार्वजनिक महत्वको विषयमा बैठकमा वक्तव्य दिने बुँदा थपिएको छ ।सदन अवरोध हटाउन सभामुख देवराज घिमिरेको पहलमा दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरिएको छ । सदन सुचारु गर्न दिने सहमति बनेको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।उनले भने, ‘प्रधानमन्त्रीले सदनमा जवाफ दिने भएपछि आज सदन सुचारु हुन्छ । बैठकमा हामीले पनि आफ्नो धारणा राख्छौं ।’नागरिक विधेयक प्रमाणीकरणको विषयमा सर्वोच्च अदालतले नै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।साभार : नेपाल प्रेस

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

2 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

2 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

1 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

1 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले