Janakpurdham
Fri, Aug 07, 2026
`

कांग्रेस सहमहामन्त्री चौधरीको आमाको निधन, देउवाद्वारा दुःख व्यक्त

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व मन्त्री उमाकान्त चौधरीकी आमा मदेशिया थरुनीको आज बिहान २ बजे बारा जिल्ला क्षेत्र नं. १ कोल्हवी नगरपालिका वडा नं. ११ स्थित निवासमा निधन भएको छ । वि.सं. २००३ मा जन्मिएकी थरुनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टीले जनाएको छ । पार्टी सभापति उनको निधनप्रति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।  मुख्यसचिव  कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी लगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट सभापति देउवाले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।‘साभार : रातोपाटी

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

2 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

2 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

1 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

1 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले