Janakpurdham
Tue, Mar 03, 2026
`

सदस्यता वितरण सहज बनाउँदै कांग्रेस, महामन्त्री गगन थापाले गरे यस्तो घोषणा

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं - कांग्रेस महामन्त्री गगन थापाले असार १ गतेदेखि अनलाइनबाट सदस्यता वितरण गर्ने जानकारी दिएका छन् ।बिहीबार कांग्रेस धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यता अनलाइनमार्फत् वितरण गर्ने व्यवस्था गरिने बताएका हुन् । उनले सदस्यता नवीकरण तथा नयाँ सदस्यता दुवै अनलाइनबाटै प्राप्त गर्न सकिने पनि जानकारी दिए ।पार्टीभित्रको गुट भत्काउन पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लैजानुपर्ने महामन्त्री थापाको भनाइ छ । त्यसक्रममा उनले देश परिवर्तनका लागि सुरुमा आफ्नै पार्टी सुध्रिन जरुरी रहेको बताए ।कांग्रेस सुधार्नको निम्ति गुट भत्काउन आवश्यक रहेको कुरालाई उनले कार्यकर्तामाझ विशेष जोड दिएका थिए । उनले भदौमा हुने नीति महाधिवेशनबाट कांग्रेसमा धेरै सुधार हुने विश्वास पनि दिलाए ।नेपाली कांग्रेसमा साधारण सदस्य बन्न निकै झन्झट छ । परम्परागत र ढर्रावादी शैलीका कारण चाहेर पनि धेरैले कांग्रेसको सदस्य लिन सक्दैनन् ।त्यसमाथि कांग्रेसको सदस्य बन्न सिफारिस आवश्यक पर्ने, आफू निकटबाहेक अरुलाई फारम भर्न नदिने प्रवृत्तिका कारण कांग्रेसप्रति मोह कम हुँदै गएको छ ।कांग्रेसले हाल आफ्नो साधारण सदस्य साढे नौ लाख रहेको जनाएको छ । तर यो एक वर्षको बीचमा झन्डै एक लाख साधारण सदस्य घटेको अनुमान गरिएको छ । उनीहरू धेरै राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलमा आबद्ध भएका छन् ।त्यसैले अहिले आफ्ना साधारण सदस्य र भोटर टिकाइराख्न कांग्रेसले पनि अनलाइनबाटै सदस्यता वितरण गर्ने नीति लिएको छ । धेरैअघिदेखि अनलाइन प्रणालीमा जाने घोषणा गरेको कांग्रेसले त्यसलाई अघि बढाउन सकेको थिएन । पछिल्लो समय सबै दलले सदस्यता वितरण प्रणालीलाई लचिलो बनाएका छन् ।कांग्रेसले पनि समयअनुसार आफूलाई परिमार्जन गर्न लागेको हो । कांग्रेसमा युवा नेता थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि पार्टीमा सुधार गर्न थालिएको हो ।साभार : मिडिया डबली

`
12 comments
होलीमा रंगिएको वसन्तपुर

काठमाडौं, फागुन १८ :  वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपूर्णिमा(होली)पर्वका अवसरमा आज काठमा..

6 घन्टा पहिले

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै

काठमाडौं, फागुन १८ : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ। निर्वाचन प्..

6 घन्टा पहिले

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको ..

काठमाडौं, फागनु १८ : प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सन्देश जारी गर्दै आगामी प्रतिनिधिसभा निर्व..

6 घन्टा पहिले

चुनाव जित–हारको भए पनि मानवीय पीडा हार्नु हुँदैन : गगन था..

काठमाडौं, फागुन १७ : नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव जित–हारको विषय भए पनि मानवीय संवेदनाको हार हुन ..

18 घन्टा पहिले

युएईमा इरानी आक्रमणमा एक नेपालीसहित तीन जनाकाे मृत्यु

काठमाडाैं, फागुन १७ : इरानी आक्रमणमा युएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ।  युएईको रक्षा मन्त्रालयले वि..

18 घन्टा पहिले