Janakpurdham
Thu, Aug 06, 2026
`

‘मैथिली भाषा, साहित्य र संस्कृतिको इतिहास समृद्ध छ’

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले जनकपुरधाममा त्रि दिवसीय साहित्य महोत्सव ‘विमर्श’ को उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख मिश्रले मैथिली भाषा, साहित्य एवं संस्कृति निक्कै समृद्ध भएकोले यसलाई जनजनको भाषाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कतिपय मिथिलाको धरोहरहरू लोप हुन थालको बताउँदै तिनको संरक्षण एवं उजागर गर्न साहित्य महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

मैथिली साहित्यमा केन्द्रित भएर अडहुल र चनमा जस्ता गोष्ठीको सफल आयोजन गरिसकेको विमर्श फाउण्डेशनले जनकपुरधाममा हिजो साँझदेखि त्रि दिवसीय साहित्य महोत्सवको शुभारम्भ गरेको हो ।

विमर्श फाउण्डेशनको आयोजना र नेपोभिट टाइल्सको प्रायोजनमा सुरु भएको महोत्सवमा मैथिली भाषा, संस्कृति, समाज, पर्यावरण र साहित्यमाथि नेपाल र भारतका विशिष्ट व्यक्तिहरूले परिचर्चा गर्ने काम भइरहेको संस्थाका अध्यक्ष विभा झाले जानकारी दिनुभयो ।

विमर्शमा प्रा.डा. रामावतार यादव, विजय कुमार सिंह दनुवार, नागदेव यादव, उमाकान्त झा, रामभरोस कापडी, डा. कमल मोहन, डा. रमानन्द झा, डा. अरुणाभ सौरभ, बालमुकुन्द, अजित आजाद, कथाकार अशोक, प्रदीप बिहारी, गुञ्जन श्री, डा. तारानन्द वियोगी, डा. अशोक कुमार मेहता, नित्यानन्द मण्डल, रोशन जनकपुरी, डा. राजेन्द्र विमल, महेन्द्र मलंगिया, परमेश्वर कापडी, प्रेमलता मिश्र प्रेम, डा. भीमनाथ झा, सीके लाल, मंचला झा, रीता साह, मनिका झा, प्रियङ्का झा, कुमारी श्रेया, बिभा झा, करुणा झा, रुपा झा, खुशबु झा, मञ्जु यादव, संजु रानी मण्डल, विभा रानी, रंजु यादव लगायतका वक्ताहरूले चर्चा परिचर्चा गर्ने कार्यक्रम रहेको छ ।साभार : रेडियो नेपाल

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

17 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

17 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले