Janakpurdham
Fri, Aug 07, 2026
`

नागरिकता पाउने बाटो खुलेपछि मधेशमा खुशीयाली

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ । अदालतको आदेशसँगै नागरिकता पाउने बाटो खुलेपछि मधेशमा सर्वसाधारणले खुशीयाली मनाएका छन् । मधेका चोक चोकमा दीपावली गर्दै मधेसी युवाहरुले खुशीयाली मनाएका छन् ।  सोही क्रममा काठमाडौँको मैतीघर मण्डलामा पनि तराई मधेशका युवाहरुले खुशीयाली मनाएका छन् ।नागरिकताकै विषयमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले आमरण अनुसन नै सुरु गरेका थिए । उनले आमरण अनसन सुरु गरेको सातौं दिनमा नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । बिहिवार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि एक न्यायाधीशको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो ।8

नेता शर्माको अनसन तोडाउनका लागि प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल माइतीघर पुगेका थिए ।  अनसन तोड्दै नेता शर्माले अदालतको आदेशले सदाका लागि नागरिकता समस्याको समाधान भएको बताउँदै यो दिन लाखौ नागरिकको लागि ऐतिहासिक दिन भएको धारणा राखे । उनले प्रधानमन्त्री प्रचण्ड र गठबन्धन दललाई धन्यवाद समेत दिएका छन् । माइतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका नेता एवं अधिवक्ता दीपेन्द्र झाले २०४९ सालदेखि नागरिकताका लागि लगातार संघर्ष हुँदै आएपनि २०८० मा मात्र आएर नागरिकता पीडितले नागरिकता पाउने सुनिश्चितता भएको बताए ।  

madhes-khusi (4)

सो कार्यक्रमलाई जनता प्रगतिशिल पार्टीका उपाध्यक्ष डा.शिवजी यादव, नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले पनि सम्बोधन गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपछि काठमाडौँलगायत देशैभर आन्दोलन सुरु भएको थियो । 

madhes-khusi (2)

साभार : रातोपाटी

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

23 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

23 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले