बाल श्रमलाई रोक्न युवा संजालसंग आसमानको अन्तरक्रिया
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,असार ९ गते । बाल श्रमलाई न्युनिकरण गर्न कार्यरत विभिन्न संस्थाहरु संग आसमान नेपालले शनिबार जनकपुरधाममा अन्तरक्रिया गरेको छ । आसमान नेपालको आयोजनामा लिसनिङ टु द एक्सपर्ट परियोजना अन्तरगत युवा सञ्जाल धनुषा संग भएको सो अन्तरक्रियामा श्रमिक बालबालिकाहरुको सहभागिताको अधिकार सुनिस्चित गर्न सहभागीहरुले आवाज उठाएका थिए । परियोजनाका संयोजक दिपेन्द्र तिवारीले संचालन गर्नुभएको सो अन्तरक्रियामा बोल्दै जिल्ला युवा सञ्जाल धनुषाका अध्यक्ष कुलदिप साहले श्रममा रहेका बालबालिकालाई कामबाट छोडाउन उनिहरुको अभिभभावकलाई जनचेतना फैलाउने र स्थानीय सरकार संग श्रमिक बालबालिकाको सहभागिता सुनिस्चि तगर्न आफुहरु प्रभावकारी भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा बोल्दै बाल श्रमको क्षेत्रमा काम गर्ने संघ संसथाहरुले बालश्रम न्युनिकरण गर्न युवाहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताएका छन् । बैठकमा सहभागी रोशनी साहले विगतमा अगरबत्ती फैक्ट्रीमा काम छाडेर हनुमान सामुदायिक अध्ययन केन्द्रको परामर्शमा सहभागी भएपछि काम छाडेर पढ्न सुरु गरेको बताए ।सो कार्यक्रममा जिल्ला युवा सञ्जा धनुषाका कार्य समितिका पदाधिकारी, मधेश प्रदेश युवा सञ्जालका पदाधिकारी, बालश्रमका क्षेत्रमा काम गर्ने संस्घसंस्थाहरु त्था श्रमिक बालबालिकाहरुको सहभागिता रहेको थियो ।
प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवा..
जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधाम..
39 मिनट पहिले
विवादामा तानिएपछि गृहमन्त्रीले दिए राजीनामा
काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार सिंहदरबारमा..
47 मिनट पहिले
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..
काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..
23 घन्टा पहिले
पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..
काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..
23 घन्टा पहिले
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग
काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..
2 दिन पहिले