Janakpurdham
Fri, Aug 07, 2026
`

परराष्ट्र नीतिलाई स्थिर बनाउन लागिरहेका छौँ : मन्त्री साउँद

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउँदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताउनुभयो । “अलिकति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौँ । हाम्रो परराष्ट्र नीतिको सम्बन्धमा हामीले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित मूल्य र मान्यताहरूलाई सम्मान गर्छौँ”, मन्त्री साउँले भन्नुभयो । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको उहाँको भनाई छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको उहाँले बताउनुभयो । 

“कालापानीलगायत देशभरका अन्य सीमाका बारेमा भारतीय पक्षले दिनुपर्ने रेस्पोन्स हामीले कूटनीतिक रूपमा प्राप्त गर्नुपर्थ्यो त्यो विगतमा गर्न सकिएको थिएन”, उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्रीले सीमासँग सम्बन्धित समस्या वा विवादहरू वार्तामार्फत समाधान गर्नुपर्छ भनेर बोल्नुभएको छ । त्यस्तै सीमा सम्बन्धी समस्याले निकास पाउँछ ।”फरक प्रसङ्गमा परराष्ट्रमन्त्री साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने समेत प्रष्ट पार्नुभयो । बाहिर हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उहाँले बताउनुभयो । “नेपाली काँग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ । हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली काँग्रेसको संयुक्त सरकार बन्ने कुनै पनि सम्भावना छैन”, उहाँले भन्नुभयो । साभार : रेडियो नेपाल

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

24 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

24 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले