Janakpurdham
Fri, Aug 07, 2026
`

जनमतलाई सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, ‘पर्ख र हेर’ मा सीके राउत

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेट भएको छ । बजेटप्रति असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका अध्यक्ष राउत प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।गठबन्धनमा रहेपनि मन्त्रालयमा असन्तुष्टि राख्दै जनमत पार्टी अहिले सरकार बाहिर छ । तर, भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारमा आफूहरूलाई सरकारमा आउन आग्रह गरेका अध्यक्ष राउतले बताए ।उनले भने, ‘उहाँले सरकारमा आउनुस् मिलाउँछु भन्नुभएको छ । आज गठबन्धनको बैठक पनि बस्दैछ । बैठकपछि केही निर्णय हुनसक्छ । अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ ।’उनले आज ४ बजे गठबन्धनको बैठक बस्ने तयारी भइरहेको पनि बताए । राउतले आफूले दाबी गर्दै आएको मन्त्रालय पाए सरकारमा जानसक्ने संकेत गरे । जनमतले कृषि वा उद्योग मन्त्रालयको अडान राखेको थियो । अहिले कृषि नेकपा एकीकृत समाजवादी र उद्योग मन्त्रालय कांग्रेसको भागमा परेको छ ।त्यसो त तपाईंहरूले गठबन्धनमा रहेर पनि बजेटको विपक्षमा मतदान गर्नुभयो । समर्थन नै फिर्ता लिने तयारी गर्नुभएको त होइन ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले थपे, ‘अहिलेसम्म हामीले निर्णय गरेका छैनौं । अब गठबन्धनको बैठकपछि पार्टीको बैठकले निर्णय गर्छ ।’साभार : नेपाल प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

23 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

23 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले