Janakpurdham
Fri, Aug 07, 2026
`

प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्तिप्रति एमालेले संसदीय दलमा छलफल गर्ने, सदनमा जवाफ माग्ने तयारी

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउँदै बैठक बोलाएको हो ।बुधबार दिउँसो १:३० बजेको लागि बैठक बोलाइएको एमालेका सचेत महेश बर्तौलाले बताए ।उनले भने, ‘प्रधानमन्त्रीजस्तो व्यक्तिले आफूलाई प्रधानमन्त्री बनाउन बाह्य व्यक्ति पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिनुहुन्छ । त्यो आपत्तिजनक छ । त्यो संसदकै पनि अपमान हो । प्रधानमन्त्री दिल्लीले होइन संसदले बनाउने हो ।’उनले बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिसहित समसामयिक विषयमा छलफल हुने बताए । उनले आजै बस्ने प्रतिनिधिसभाको बैठकमा पनि यो विषयलाई गम्भिरतापूर्वक राख्ने बताए । यो विषयमा प्रधानमन्त्रीको जवाफ नआए संसदसम्म अवरोध हुनसक्ने संकेत गरे । यद्यपि, त्यसबारे दलको बैठकले निर्णय गर्छ ।साभार : नेपाल प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

23 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

23 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले