Janakpurdham
Thu, Aug 06, 2026
`

व्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिए बैंक, अब कुन बैंकको सबैभन्दा बढी

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । गत विहिबार बाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स एसोसिएसनले व्याजदरमा लगाउँदै आएको भद्र सहमति साउन १ गतेदेखि खारेज गर्ने निर्णय गरेसँगै बैंकहरू पुन: व्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएका छन् ।सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न  वाणिज्य बैंकहरूले साउन १ देखि लागू हुनेगरी नयाँ व्याजदर प्रकाशित गरेका छन् ।अहिले निक्षेपको सबैभन्दा बढी व्याजदर एनएमबी बैंकको देखिएको छ । यस बैंकले मुद्दती निक्षेपको व्याजदर १०.९८ प्रतिशत निर्धारण गरेको हो । एनएमबीका सीईओ सुनिल केसी बैंकर्स एसोसिएसनका अध्यक्षसमेत हुन् । यता प्राइम कर्मसियल बैंकले पनि १०.९३ प्रतिशत व्याजदर तोकेको छ । नबिल बैंकको १०.४९ प्रतिशत छ भने कुमारी बैंकको १०.१ प्रतिशत रहेको छ । एभरेष्ट बैंकले पनि १० प्रतिशत दिने जनाएको छ ।हिमालयन, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंकको व्याजदर ९.९९ प्रतिशत रहेको छ ।माछापुछ्रे, नेपाल एसबीआई, सानिमा, प्रभु र कृषि वकास बैंकको मुद्दती निक्षेपको व्याजदर ९ प्रतिशतमाथि छ । सबैभन्दा कम व्याजदर स्ट्याण्डर्ड चार्टड बैंकको ८.९५ प्रतिशत रहेको छ ।असारमा बैंकहरूले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत व्याज दिइरहेका थिए । बैंकहरूले निक्षेपको व्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । यसै अनुसार केही बैंकहरूले साउनका लागि व्याजदर बढाएका छन् ।

हेर्नुस् कुन बैंकको कति ?

साभार : नेपाल प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

16 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

16 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले