Janakpurdham
Fri, Aug 07, 2026
`

मन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुने

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता हुने भएको छ । सोमबारदेखि बैंककमा हुने बिमस्टेक विदेश मन्त्रीस्तरीय बैठकमा दुई मन्त्रीबीच भेटवार्ता हुने भएको हो ।श्रोतका अनुसार उनीहरुबीच साईडलाईन वार्ता हुने बताइएको छ । परराष्ट्र मन्त्री बनेपछि साउद र जयशंकरबीच दोस्रो साइडलाईन वार्ता हुने भएको हो । यसअघि बांग्लादेशमा भएको इन्डिया फाउण्डेशनको कार्यक्रममा दुई मन्त्री बीच अनौपचारिक भेट भएको थियो ।जेठ १७ गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएका बेला भारतीय विदेश मन्त्री जयशंकर अमेरिका भ्रमणमा थिए । त्यो भ्रमणको क्रममा उनीहरुबीच भेटघाट भएको थिएन । बैंककमा हुने अनौपचारिक भेटघाटमा दुई देशको सम्बन्धको विषयमा कुराकानी हुने बताइएको छ । बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री साउद आज त्यसतर्फ जाँदैछन् । आज साढे एक बजे थाइ स्माइल एयरवेजबाट मन्त्री साउद बैंकका लागि उड्ने मन्त्रालय स्रोतले जनाएको छ । साउन १ गते बैठकमा सहभागी भइ उनी २ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।साभार : रातोपाटी

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

23 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

23 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले