भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालनमा रहेको रेल सेवा आजदेखि विस्तार
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालनमा रहेको रेल सेवा आजदेखि विस्तार हुने भएको छ ।आजदेखि रेल महोत्तरीको भंगहा नगरपालिकामा पर्ने विजलपुरसम्म सञ्चालन हुन लागेको हो । जनकपुरधामदेखि कुर्था १७ किलोमिटर पर्छ । आजदेखि रेल ५१ किलोमिटर गुड्छ ।रेल सेवा विस्तारको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्ने कार्यक्रम तय गरिएको छ । आज बिहान १० बजे भंगहा स्टेशनमा मन्त्री ज्वालाले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।उनका अनुसार भोली सोमबारदेखि विजलपुरादेखि जयनगरसम्म रेल सेवा नियमित सञ्चालन हुनेछ । विजलपुरासम्म रेल सञ्चालनमा आएपछि आउने/जाने समय हेरफेर हुन्छ । अब महोत्तरीको बिजलपुराबाट बिहान साढे सात बजे रेल जयनगरका लागि खुल्नेछ ।०७८ चैत १९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि जयनगर-जनकपुरधाम-कुर्था ९३५किलोमिटर० रेल सेवा सञ्चालन भइरहेको थियो ।अहिले एक सय १४ जना नेपाली र २० जना भारतीय विभिन्न पदमा कार्यरत छन् । रेल सेवा १७ किलोमिटर विस्तार भएपनि पहिलेदेखि कार्यरत जनशक्तिबाटै तत्काल काम चलाउने महाप्रबन्धक झाले बताए ।साभार : नेपाल प्रेस
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..
काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..
19 घन्टा पहिले
पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..
काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..
19 घन्टा पहिले
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग
काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..
2 दिन पहिले
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अ..
काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अ..
2 दिन पहिले
कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले प..
काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति ..
3 दिन पहिले