Janakpurdham
Wed, Apr 22, 2026
`

स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी मन्त्रालयले काम गरिरहेको छ : मन्त्री बस्नेत

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ६ महिना भित्रमा नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने किसिमले मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । प्राकृतिक विपद्को समयमा काम गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक लगानीमा निर्माण भएको ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र’ को आज धनुषाको सपहीमा प्रदेश सरकारलाई हस्तान्तरण गर्नुहुँदै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले पहिलो पटक नीजि तथा सरकारी अस्पतालमा गरेर ३ हजार २५ वटा शय्या गरिब तथा विपन्न वर्गका लागि निःशुल्क छुट्याउने काम भएको बताउनुभयो । 

मन्त्री बस्नेतले अस्पतालको १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्ने प्रावधानको पालना ठुलोदेखि सबै अस्पतालले गर्नुपर्ने धारणा निःशुल्क शय्या नछुट्याउने माथि सरकार कठोर भएर कारबाही गर्ने बताउनुभयो । उहाँले संविधानले नै आम जनताको लागि ग्यारेन्टी गरेको आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क प्रदान गर्ने प्रावधानलाई स्थापित गराउनका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । मन्त्री बस्नेतले मधेश प्रदेशको नारायणी उपक्षेत्रीय अस्पतालमा किड्नीको हस्तान्तरणका लागि काम अगाडी बढाइसकेको र जनकपुरधाममा मुटुको सबै प्रकारको उपचार गर्ने गरि गङ्गालाल हृदय रोग केन्द्रको शाखालाई बलियो बनाउने काम भएको बताउनुभयो । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा गरिबी अत्यधिक भएका कारणले स्वास्थ्यमा बढी समस्या रहेको  बताउँदै जनसङ्ख्याको अधारमा स्वास्थ्यमा बजेट विनियोजन गर्नका लागि माग गर्नुभयो । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र कुमार सिंहले मधेश प्रदेशको स्वास्थ्य सुधारका लागि मन्त्रालयले काम थालेको उल्लेख गर्नुहुँदै सबै जिल्ला अस्पतालहरूलाई १ सय शय्यामा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले मधेश प्रदेशमा स्वास्थ्य संस्थाको नाममा ठगी भइरहेको उल्लेख गर्नुहुँदै किराना पसल जस्तो अस्पताल र खाजा पसल जस्तो सञ्चालनमा रहेका क्लिनिकहरूको नियमन गरेर मापदण्ड विपरीतका अस्पताल माथि कारबाही गर्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रबाट मधेश प्रदेश आउने प्राकृतिक प्रकोप तथा महामारीको समयमा प्रभावकारी काम हुने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव सङ्गीता कौशल मिश्र, मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.प्रमोदकुमार यादवले प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको सञ्चालनले प्रदेशमा आउने प्राकृतिक आपत् विपद्को समयमा काम गर्ने बताउनुभयो ।प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रबाट बाढी, आगलागी, महामारी डुबान तथा कटानको समयमा सूचना सङ्कलन गरेर उपचार तथा अन्य प्रकारको व्यवस्थापन गर्ने जानकारी मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा.राजीव कुमार झाले दिनुभयो ।      साभार : रेडियो नेपाल

`
12 comments
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..

काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..

14 घन्टा पहिले

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..

काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..

14 घन्टा पहिले

गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..

2 दिन पहिले

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अ..

काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अ..

2 दिन पहिले

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले प..

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति ..

3 दिन पहिले