Janakpurdham
Mon, Mar 02, 2026
`

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ । भारतीय विदेशमन्त्री डा.एस जयशंकर नेपाल आउने भएका छन् । यहाँ आयोजना हुने नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन जयशंकर नेपाल आउने भएका हुन् ।आयोगको यो सातौँ बैठक हो । परराष्ट्रमन्त्री स्तरीय यो संयन्त्रलाई नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामलाई मूल्याङ्कन गर्ने म्यान्डेट दिइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार जयशंकर आगामी अक्टोबर महिनामा नेपाल आउनेछन् । यद्यपि यसको औपचारिक घोषणा भने गरिएको छैन । बैठकमा दुई देशबीच सहकार्यका विभिन्न क्षेत्रजस्तै कनेक्टिभिटी, अर्थ–वाणिज्य, ऊर्जा सहकार्य र जलस्रोत लगायतका छलफल हुने अपेक्षा गरिएको छ ।हालैमात्र बैंककमा आयोजित बिम्स्टेक रिट्रिटमा परराष्ट्रमन्त्री एनपी साउदले भारतीय समकक्षीसँग साइडलाइन वार्ता गरेका थिए । ‘नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग राम्रो छलफल । हाम्रो नेतृत्वले तय गरेको सहकार्यको एजेन्डालाई लागू गर्न नजिकबाट काम गर्ने सहमति भएको छ । हामीबीच सम्पर्क जारी रहने अपेक्षा गरेको छु,’ जयशंकरले बैठकपछि ट्वीट गरेका थिए ।आयोगको छैटौँ बैठक २०७७ सालको माघमा नयाँ दिल्लीमा आयोजना भएको थियो । बैठकलाई तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र जयशंकरले संयुक्तरुपमा अध्यक्षता गरेका थिए । सीमासम्बन्धी बाँकी  काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न भएको थियो । दुवै देशका परराष्ट्रमन्त्रीले  नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय आयोगको बैठकमा सिमानाका बारेमा छलफल भएको र त्यससम्बन्धमा बाँकी रहेको खण्डको काम शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।बैठकमा दुई मुलुकबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपिजी) प्रतिवेदनको प्रस्तुतीकरण, हवाई प्रवेश मार्ग, कोभिड–१९ विरुद्धको खोप, सीमा व्यवस्थापन, सम्पर्क सञ्जाल र आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, शिक्षा तथा संस्कृतिसहित द्विपक्षीय सम्बन्धका समग्र पक्षको समीक्षा भएको थियो ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै भारतको चार दिने औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा तीन वटा परियोजनाहरूको भर्चुअलरुपमा उद्घाटन गरिएको थियो । त्यस्तै, दुई देशबीच दीर्घकालीन ऊर्जा सम्झौता गरिएको थियो जसमा भारतले आगामी १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् आपूर्ति गर्ने लक्ष्य लिएको छ ।साभार : रातोपाटी

`
12 comments
चुनाव जित–हारको भए पनि मानवीय पीडा हार्नु हुँदैन : गगन था..

काठमाडौं, फागुन १७ : नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव जित–हारको विषय भए पनि मानवीय संवेदनाको हार हुन ..

3 घन्टा पहिले

युएईमा इरानी आक्रमणमा एक नेपालीसहित तीन जनाकाे मृत्यु

काठमाडाैं, फागुन १७ : इरानी आक्रमणमा युएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ।  युएईको रक्षा मन्त्रालयले वि..

3 घन्टा पहिले

यूएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतवासको ..

काठमाडौं, फागुन १६ : संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश..

2 दिन पहिले

दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं, फागुन १६ : दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । हवाई क्षेत्र बन्द गरिएका कारण केह..

2 दिन पहिले

धनुषा–३ मा कांग्रेसलाई बल : जनमतका पूर्व केन्द्रीय नेता ..

जनकपुरधाम, फाल्गुन १६ गते । सीके राउत नेरृत्वको जनमत पार्टीका तत्कालीन केन्द्रीय कार्यकारिणी सदस्य एवं विदेश वि..

2 दिन पहिले