Janakpurdham
Fri, Aug 07, 2026
`

सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जसपाले बोलायो आकस्मिक बैठक

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रूपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ ।पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रूपमा बोलाइएको सो कार्यकारिणी समितिको बैठकले गौर हत्याकाण्ड छानबिन गर्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले समिति बनाउने विषयमा छलफल हुनेछ ।‘प्रधानमन्त्रीले गौर हत्याकाण्डका बारेमा छानबिन समिति बनाउन सहमति जनाएपछि त्यसबाट उत्पन्न परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुनेछ, सो छलफल पछि पार्टीले आफ्नो धारणा सार्वजनिक गर्नेछ’ एक नेताले भने । हिजो सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समिति बिचमा सहमति भएको थियो ।उनका अनुसार उक्त सहमति अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउनका लागि सरकारले उक्त समिति बनाउन लागेको बुझाई जसपा, नेपालको रहेको छ । उक्त हत्याकाण्ड छानबिन विरुद्ध जसपाले घटनास्थल, गौर लक्षित आन्दोलनको कार्यक्रम गर्न सक्ने उनले जनाएका छन् ।सरकारको सो सहमतिलाई लिएर अध्यक्ष यादवले सत्तारुढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिसकेका छन् । स्रोतका अनुसार ‘आफूलाई फसाउनका लागि’ उक्त समिति बनाउन लागेको यादवले सभापति देउवासमक्ष गुनासोसम्म राखिसकेका छन् ।उनले सो विषयलाई लिएर हिजो आफ्ना पार्टीका शीर्ष नेता र सांसदहरूसँग पनि छलफल गरेका थिए ।साभार : नेपाल प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

20 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

20 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले