‘विकृति हटाउने एउटै मूल मन्त्र शिक्षा’
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, साउन २५ गते । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले मधेश प्रदेशलाई पूर्ण रूपमा साक्षर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी पाँच वर्षभित्र मधेश प्रदेशमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई साक्षर बनाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने बताउँदै उहाँले भन्नुभयो, “पाँच वर्षपछि मधेश प्रदेशमा कोही पनि निरक्षर भेटिँदैनन् ।” वल्र्ड भिजनले जनकपुरधाममा आयोजना गरेको वार्षिक प्रगति तथा समीक्षा सभा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मधेश प्रदेश सरकारले सञ्चालन गर्ने साक्षर अभियानमा वल्र्ड भिजनसँग सहकार्य गर्न सकिने समेत उहाँले बताउनुभयो । “दातृ निकायले सञ्चालन गर्ने कार्यव्रmममा प्रदेश सरकारको सहकार्य होस् भन्ने चाहन्छु,” उहाँले भन्नुभयो, “यसले प्रदेश सरकार र दातृ निकायले सञ्चालन गर्ने कार्यव्रmममा दोहोरोपन हँुदैन । मधेशमा देखिएको विकृति विसङ्गति हटाउन एउटै मूल मन्त्र शिक्षा हो । मानिस साक्षर भए धेरै कुरामा स्वतः परिवर्तन हुन्छ ।”मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले मधेश प्रदेश अन्य प्रदेशको तुलनामा शिक्षा, स्वास्थ्यमा पछाडि रहेको बताउनुभयो । रूढीवादी सोच, अशिक्षा जस्ता कारणले पछाडि परेको मधेशलाई समृद्ध बनाउन नागरिक सबभन्दा पहिले स्वस्थ हुनु जरुरी रहेको उहाँले बताउनुभयो । वल्र्ड भिजनले शिक्षा, पोषण तथा उत्थानशील जीविकोपार्जन, संरक्षण, विपत् जोखिम व्यवस्थापन तथा मानवीय प्रतिकार्य, बाल स्पोन्सरसिपलगायतका क्षेत्रमा कार्य गर्दै आएको अध्यक्ष अनुप राणाले बताउनुभयो । मधेश प्रदेशका महोत्तरी, रौतहट, सर्लाही जिल्लाका गरी आठ वटा गाउँपालिकामा कार्यव्रक्रम सञ्चालन भइरहेको छ । साभार : गोरखापत्र
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..
काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..
8 घन्टा पहिले
पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..
काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..
9 घन्टा पहिले
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग
काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..
1 दिन पहिले
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अ..
काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अ..
1 दिन पहिले
कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले प..
काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति ..
2 दिन पहिले