सदन खुलाउने विषयमा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग राष्ट्रपतिले गरे छलफल
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरे साथै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेट भएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा छलफल भएको हो । छलफल संसदको अवरोध खुलाउने विषयमा केन्द्रित भएको बताइएको छ ।भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन भएगरेका प्रयासबारे जानकारी लिएका छन् । सभामुख र राष्ट्रियसभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिको सहयोगको अपेक्षा राखेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।राष्ट्रपति पौडेलले सदनको अवरोधमा चासो राख्दै हिजोमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए ।
एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । तर, सरकार सरकारी निकायले नै छानबिन गरिरहेको भएकाले तत्काल अर्को समिति बनाउने पक्षमा छैन ।सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर संवादमा रहे पनि कुरा मिल्न सकेको छैन ।साभार : नेपाल प्रेस
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
20 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
20 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
2 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
3 दिन पहिले