Janakpurdham
Fri, Aug 07, 2026
`

निर्माणाधिन सार्वजनिक सुलभ शौचालय र स्नान घरको अनुगमन

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 राहुल कुमार सिंह

जनकपुरधाम । जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शनिवार निर्माणाधिन सार्वजनिक सुलभ शौचालय र स्नान घरको अनुगमन गरेका छन । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ रेल्वे स्टेशनस्थित निर्माणाधिन शौचालय र स्नानघरको उनले अनुगमन गरेका हुन । उपमहानगरपालिकाले करिब ३० लाखको लागतमा निर्माण गर्न लागेको उतm आधुनिक शौचालयमा १४ वटा शौचालय र स्नानघर , २० वटा पेशाव घर निर्माण गरिने योजना रहेको छ । निर्माणका लागि रकम अपुग भए रकम थप गरिने अनुगमनको क्रममा उनले बताएका छन । नगर प्रमुख साहले चाडै निर्माण कार्य सम्पन्न गरि शौचालय संचालनमा ल्याईने बताए । निर्माण सम्पन्न भई शौचालय सेवा शुरु भएपछि रेल्वेबाट जनकपुर आउने पर्यटकहरुले सार्वजनिक शौचालयमा गएर स्नानको सुविधा समेत लिन सक्छन् । नगरको सरसफाइ र स्वच्छ वातावरणका लागि सार्वजानिक शौचालय महत्वपूर्ण अङ्ग मानिन्छ । तर जनकपुरधामभित्र रहेका त्यस्ता शौचालय फोहर, अपर्याप्त पानी, कमजोर व्यवस्थापन, महिला, अपाङ्गता तथा तेस्रो लिङ्गी मैत्री अभाव, हात धुने ठाउँ नहुनु, रसाउने र चुहिने समस्या, हात धुने ठाउँको अभाव तथा सबैका दिसा गर्ने सुविधा नहुनु समस्या रहेका छन् । जनसङ्ख्याको अनुपातमा जनकपुरधाममा सार्वजनिक शौचालय एकदमै न्यून छन् । भएका शौचालय नाम मात्रका छन् । अगामी दिनमा शहरी क्षेत्रमा जनसङ्ख्याको चापअनुसार शौचालय निर्माणमा ध्यान जानु जरुरी रहेको छ ।”विश्व स्वास्थ्य सङ्गठनका अनुसार मुख्यगरी शहरी क्षेत्रमा हरेक ५०० जनाका लागि एउटा शौचालय हुनुपर्छ । २५ वडा रहेको उपमहानगरका धेरै वडामा त्यस्ता शौचालय नरहेको बताइएको छ । उपमहानगरभित्र रहेका मध्ये पनि कामचलाउ अवस्थामा रहेको छ ।

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

19 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

19 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले