Janakpurdham
Thu, Aug 06, 2026
`

जनकपुरधाममा झुलनोत्सव पर्व शुरु, पूर्णिमासम्म चल्ने

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा रहेको मठ मन्दिरहरूमा झुलनोत्सव पर्व शुरु भएको छ । हिजो साँझ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको बाह्र विघा रंगभूमि मैदानमा मणिपर्व विधि सम्पन्न भएपछि प्रत्येक राति झुलनोत्सव पर्व मनाइने गरिन्छ । साउन शुक्ल तृतीया तिथिबाट शुरु भई १५ दिनसम्म मनाइने झुलनोत्सव पर्व यस पटक मलिमासका कारणले ढिलो गरि शुरु भएको छ । तिथिको हिसाबले त्यही नै मानिएपनि महिनाको हिसाबले भदौ शुरु भएको छ । जनकपुरधामको जानकी मन्दिर सहित अन्य मठ मन्दिरहरूमा हिजोदेखि शुरु भएको छ । भगवान् श्रीरामजानकी सहितका देवी देउतालाई सजाईको डोलामा सिंहासन सहित राखेर झुलाउँदै भजनकिर्तन सहित जनकपुरधाम स्थित मठ मन्दिरहरूमा प्रत्येक दिन साँझ आयोजना हुने झुलनोत्सव पर्व पूर्णिमासम्म चल्ने गर्दछ । धनुषाको जनकपुरधाम स्थित जानकी मन्दिर, राम मन्दिर, बिहारकुण्ड, अग्निकुण्ड, महोत्तरीको मटिहानी स्थित लक्ष्मीनारायण मन्दिर लगायत सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र भारत बिहार सहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रका मठ मन्दिरहरूमा धुमधामका साथ झुलनोत्वसव पर्व मनाइँदै आएको छ ।राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने सँगसँगै नाचगान, भजन कीर्तन र लोक कथाहरू सुनाइने गरिन्छ । जनकपुरधामको रत्नसागर मन्दिरको झुला विशेष रुपमा हुने गर्दछ । झुला र नाच हेर्नका लागि मन्दिरमा भक्तजनहरूको साँझ पर्ने बित्तिकै भीड लाग्ने गर्दछ । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने गरिन्छ ।

सन् १७३० मा जानकी मन्दिरका पहिलो महन्थ सुरकिशोर दास वैष्णवको कार्यकालदेखि नै झुला महोत्सवको आरम्भ भएको मानिँदै आएको छ । जानकी मन्दिरबाट शुरु भएको झुलनोत्सव जनकपुरधामस्थित मठमन्दिरमा मात्र नभई मिथिलाञ्चल क्षेत्रका अधिकांश मठ मन्दिरमा झुलनोत्सव पर्व मनाइँदै आएको छ । 

झुल्नोत्सवमा महिलाहरू झुलाको गीत गाउने र भगवानको पूजा अर्चना गरेपछि भक्तजनलाई फूलपाती पञ्चामृत र नैवेध बाँड्ने परम्परा छ । मिथिलाञ्चलको मठ मन्दिरमा हर्षोल्लासका साथ साउन महिनामा पर्व मनाउँदै आएको छ । साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् रुपमा पर्वको समापन गर्ने चलन रहेको छ । जनकपुरधाम सहित मिथिला क्षेत्रको हरेक मठ मन्दिरमा झुलनोत्सव पर्व बनाएपनि पनि जानकी मन्दिरमा विशेष रुपमा मनाइने भएकाले पर्यटक तथा तीर्थयात्रीको भिड जानकी मन्दिरमा नै हुने गरेको छ । जानकी मन्दिरमा विशेष किसिमका तीनवटा सिंहासनमा राम सीताको मूर्ति राखी झुला झुलाउने परम्परा रहेको छ ।जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले झुलनोत्सवको शुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै जानकारी दिनु भयो । त्रेतायुगमा भगवान् राम र सीता सिंहासनमा बसेर झुलेको जनविश्वास अनुसार पौराणिक कालदेखि नै झुलनोत्सव मनाइँदै आएको महन्थ दासको भनाई रहेको छ । साभार : रेडियो नेपाल

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

14 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

15 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले