Janakpurdham
Tue, Jul 07, 2026
`

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.देवेन्द्र खत्री नियुक्त

1 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार २३ : चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.देवेन्द्र खत्री नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा.खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।

नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरे।

यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए। त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो।

साभार ः काठमाडौं प्रेस

`
12 comments
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.देवेन्द्र खत्री ..

काठमाडौं, असार २३ : चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा ..

1 घन्टा पहिले

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं, असार २३ : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ। मंगलबार गभर्नर ड..

1 घन्टा पहिले

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस..

काठमाडौं, असार २२ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर..

1 दिन पहिले

अब रगत होइन, पसिना बगाउने समय आएको छ : अध्यक्ष राई

काठमाडौं, असार २२ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानका आधारभूत व्यवस्थामाथि हस्तक्षे..

1 दिन पहिले

मालदह आँपको मूल्य बढ्यो

धनुषा ,असार २१ गते । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ । ..

2 दिन पहिले