चन्द्रयानको सफल अवतरणपछि पूर्व राष्ट्रपति भण्डारीले दिइन् भारतलाई बधाई
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएकी छन् ।चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भए लगत्तै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत बधाई दिएकी हुन् ।भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधवार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ ।पूर्व राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘चन्द्रयान–३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा आज अवतरण गरेर हाम्रो मित्रराष्ट्र भारतलाई ऐतिहासिक सफलता हासिल गरेको छ । यस मिसनको सफलताका लागि इसरोका वैज्ञानिक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र समस्त भारतीय जनता सबैलाई हार्दिक बधाई दिन चाहन्छु, मित्रराष्ट्रको ऐतिहासिक सफलतामा नेपाल र सम्पूर्ण नेपाली जनता पनि अत्यन्त हर्षित छौँ ।‘साभार : नेपाल प्रेस
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
17 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
18 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
2 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
3 दिन पहिले