काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेको स्टाटस तीव्र विवादित भएपछि हटाए
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेको स्टाटस तीव्र विवादित भएपछि हटाएका छन् ।नेपाल र भारतको क्रिकेट म्याच हेर्न श्रीलङ्का पुगेका बालेनले उतैबाट स्टाटस डिलिट गरेका हुन् ।आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको झोकमा बालेनले फेसबुकमा उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले अब आइन्दा महानगरको कुनै पनि गाडी सरकारले रोकेको खण्डमा ‘सिंहदरबारमै आगो लगाइदिने’ धम्की समेत दिएका थिए । सरकारलाई चोरको संज्ञा समेत दिएको स्टाटसले हंगामा मच्चिएको थियो ।बालेनले कुनै प्रतिक्रियाबिना आज चुपचाप स्टाटस डिलिट गरेका हुन् । उनले आफ्नो अभिव्यक्तिलाई लिएर क्षमायाचना भने गरेका छैनन् ।हिजो उनको सचिवालयले विज्ञप्ति जारी गर्दै महानगरको गाडी रोकिएको घटनाबारे प्रष्टीकरण दिएको थियो । तर, बालेनको स्टाटसबारे त्यसमा केही उल्लेख थिएन ।साभार नेपाल प्रेस
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
16 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
17 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
2 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
3 दिन पहिले